गण्डकीमा ११८८ ले जिते कोरोना

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा बिहीबार १ हजार १ सय ८८ जनाले कोरोना जितेका छन् । पछिल्लो सयम संक्रमणमुक्त हुनेका संख्या बढ्दो क्रममा रहेको छ । बुधबार ९ सय ४१ ले कोरोना जितेकोमा बिहीबार बढेर १ हजारभन्दा माथि पुगेको हो । योसँगै प्रदेशमा कोरोना निको हुनेको संख्या २७ हजार ८ सय २६ पुगेको छ ।

नेपालभर थप ७ हजार २ सय २६ जना निको भएका छन् । लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । बुधबार पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो । ६ हजार ७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ६ हजार ७ सय १६ जना निको भएका थिए । नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख १८ हजार ८ सय २९ जना निको भएका छन् । नेपालमा निको हुने दर ७७.२ प्रतिशत रहेको छ ।

गण्डकीका १ हजार ७ सय ३३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका ३ हजार ३ सय ९९ जनामा गरिएको नमुना परीक्षण गर्दा ५०.९८ प्रतिशतमा पोजेटिभ आएको हो ।

कास्कीका ४४५ जना, तनहुँका १७० जना, गोरखाका २१९ जना, लमजुङका ६५ जना, नवलपुरका १११ जना र स्याङ्जाका ९५ जना छन् । यस्तै, पर्वतका ११९ जना, बागलुङका ४१६ जना र म्याग्दी जिल्लाका ९३ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ । बिहीबार थपिएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३९ हजार ६८७ पुगेको छ । जसमा ११ हजार २६७ सक्रिय संक्रमित छन् ।

नेपालभर पछिल्लो समय ६ हजार ९ सय ३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ९ सय ९२ जनाको परीक्षण गर्दा पिसिआर विधिबाट ६ हजार ७ सय ३१ र एन्टिजेन विधिबाट २ सय ८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ । हाल नेपालमा १ लाख १६ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ६ सय २६ जना होम आइसोलेसनमा, ७ हजार ८ सय ५० संस्थागत आइसोलेन, आइसियुमा १ हजार ६ सय ४५ र ४ सय ५७ जना भेन्टिलेटरमा छन् ।

गण्डकीमा कोरोनाबाट १७ जनाको मृत्यु
गण्डकी प्रदेशमा बिहीबार थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कास्कीका ६ जना, स्याङ्जाका ४ जना, नवलपुरका ३ जना, पर्वतका २ जनासहित म्याग्दी र तनहुँका १/१ जना छन् ।

कास्कीको पोखरा महानगरपालिका २२ का ४५ वर्षीय पुरूषको मनिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको बिहीबार मृत्यु भएको हो । पोखरा १९ का ३३ वर्षीय पुरूषको पनि मनिपाल शिक्षण अस्पताल, पोखरामा उपचारकै क्रममा बिहीबार नै ज्यान गएको हो । कास्की कै अन्नपूर्ण गाउँपालिका ४ की ८५ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज, पोखरामा निधन भएको हो । पोखरा १३ का ३५ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा १३ का ५४ वर्षीय कोरोना संक्रमित

पुरूषको पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा उपचारको क्रममा दुखद ज्यान गएको हो । पोखरा २० की ८३ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो ।
यसैगरी स्याङ्जाको हरिनास गाउँपालिका ४ का ७२ वर्षीय पुरूषको बुधबार मनिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । हरिनास गाउँपालिका कै वडा नम्बर ३ की ४५ वर्षीया महिलाको पनि बुधबार नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा निधन भएको हो । स्याङ्जाकै पुतलीबजार नगरपालिका १ का ५३ वर्षीय पुरूषको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । स्याङ्जाको वालिङ नगरपालिका १४ का ४६ वर्षीय पुरूषको फिस्टेल अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी नवलपुरको गैंडाकोट नगरपालिका ५ की ४० वर्षीया महिलाको भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । नवलपुरको गैंडाकोट नगरपालिका १० की ६४ वर्षीया महिलाको चितवन मेडिकल कलेज, चितवनमा उपचारको क्रममा ज्यान गएको हो । नवलपुरकै विनयत्रिवेणी गाउँपालिका ७ का ५५ वर्षीय पुरूषको कलेज अफ मेडिकल साइन्स, चितवनमा उपचारको क्रममा निधन भएको हो ।

पर्वतको जलजला गाउँपालिका ९ का ८० वर्षीय पुरूषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पर्वतकै जलजला गाउँपालिका ३ का ४४ वर्षीय पुरूषको चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । म्याग्दीको बेनी नगरपालिका ७ का ६३ वर्षीय कोरोना संक्रमित पुरूषको फेवासिटी अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका ८ की ५३ वर्षीया महिलाको जनप्रिय अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
योसँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ९४ पुगेको छ । नेपाल भर थप १ सय ६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width