पोउवा संघ पूर्व अध्यक्ष रमेश कर्माचार्यको निधन

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७८
ramesh karmacharya

पोखरा । कोरोना संक्रमणका कारण पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्मचार्यको निधन भएको छ । २० दिन अघि उनीमा कोरोना पुष्टि भएको थियो ।

परिवारसँगै काठमाडौंमा रहेका बेला उनमा कोराना देखिएको थियो । उच्च ज्वरोले सताएपछि उनलाई ३ दिन अघि काठमाडौंकै निदान अस्पतालको भेन्टिलेटरमा राखिएको थियो ।
रमेशको आज बिहानपख निधन भएको हो । परिवारका सदस्यमा समेत कोरोना देखिएकामा हाल सबै संक्रमणमुक्त भइसकेका छन् ।

रमेश कर्माचार्य २०६९ देखि २०७१ सम्म पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष थिए । पोखरामा स्थापित हिमचुली विकास बैंकका अध्यक्ष उनी उक्त बैंक मर्ज भएपछि लुम्बिनी विकास बैंकको सञ्चालकमा थिए ।

उनको स्थायी बसोबास पोखराकै रानीपौवा हो ।   ६२ वर्षे रमेशका पत्नी र २ छोरा छन् ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण…
  • सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • पूर्वराजा ज्ञानेन्द्र पोखरामा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । पोखरा र आसपासका जिल्लामा रहेका शक्तिपीठ भ्रमणका लागि उनी आइतबार समिट…

hero news full width