जबर्जस्ती आरोपमा पक्राउ

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७८
Rape

सांकेतिक तस्बिर

पोखरा । जबर्जस्ती करणी आरोपमा ६० वर्षीय दुर्गाबहादुर दमै पक्राउ परेका छन् । बिरुवा गाउँपालिका निवासी दमैलाई २२ वर्षीया युवतीलाई पटक पटक जबर्जस्ती करणीको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विभिन्न डर, धाक, धम्की देखाउँदै जबर्जस्ती गर्ने गरेको युवतीको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार दमैले पहिलो पटक गएको असारमा र अन्तिम पटक माघमा जबर्जस्ती गरेको उजुरीमा उल्लेख गरेको बताइएको छ । आरोपितलाई पक्राउ गरी करणीसम्बन्धी कसूर जबर्जस्ती करणीमा मुद्दा दर्ता भई अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width