संक्रमित छोरा काजक्रियाबाट वञ्चित

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७८

लमजुङ  । कोरोना संक्रमित भएका कारण लमजुङका लेबहादुर थापा बावुको काजक्रिया गर्नबाट वञ्चित भएका छन् । उनका ८८ वर्षीय बावु प्रसाद थापाको आफ्नै निवास मस्र्याङ्दी गाउँपालिका ६, ठूलीवेंसीमा मंगलबार निधन भएको थियो । ४२ वर्षीय लेबहादुर परिवारका १ मात्र छोरा हुन् ।

उनका बावुको अन्त्येष्टिका लागि मंगलबार मस्र्याङ्दी र ङादी नदीको संगमस्थल दोभानचौरस्थित मरनघाट लगिएको थियो । ‘बावुको चिता जल्दै गर्दा एक्कासी छोरा संक्रमित भएको खबर आयो । त्यसछि उनका छोरा (लेबहादुर) लाई सुरक्षित साथ घर ल्याएर आइसोलेसनमा राखिएको छ,’ लमजुङका पत्रकार बेलबहादुर थापाले भने, ‘अब कोरोना संक्रमणमुक्त भइसकेपछि काजक्रिया गर्ने सहमति भएको छ ।’ लेबहादुरका एकमात्र दिदी पनि संक्रमित छन् ।

मस्र्याङ्दी गाउँपालिका जिल्लामा कोरोनाको सर्वाधिक संक्रमित भएको पालिकाको सूचीमा छ ।

Related News

सम्बन्धित समाचार

hero news full width