गण्डकीमा कोरोनाबाट थप ७ को मृत्यु

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७८
Corona Banner

पोखरा ।  कोरोना संक्रमणका कारण गण्डकीमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार विज्ञप्ति जारी मृत्यु हुनेमध्ये कास्कीका ४, स्याङ्जाका २ र लमजुङका १ जना रहेको जनाएको छ । योसहित गण्डकी प्रदेशभर कुल मृत्यु हुनेको संख्या ५ सय ७७ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माका अनुसार कास्कीको माछापुच्छे«े ३ का ८५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा बुधबार नै मृत्यु भयो । मणिपालमै स्याङ्जा वालिङ ९ का ४८ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ ।

यस्तै, पोखरा २६ का २९ वर्षीय पुरुषको सोमबार पोखराको मेडिप्लस अस्पतालमा उपचार क्रममा मृत्यु भयो । पोखरा १२ का ७८ वर्षीय पुरुषले बुधबार होम आइसोलेसनमै ज्यान गुमाए ।

लमजुङको मध्यनेपाल नगरपालिका ४ की ८५ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज, पोखरामा मंगलबार निधन भयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा १ का ४१ वर्र्षीय पुरुष र वालिङ ८ की ६० वर्षीया महिलाले मंगलबार ज्यान गुमाए ।

साथै, गण्डकीमा बुधबार थप १ हजार ७९ जना संक्रमित थपिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width