आर्थिक अवस्था कमजोर भएकालाई गाउँपालिकाबाट खर्च   

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७८
fedikhola

स्याङ्जा ।  फेदीखोलागाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका गाउँपालिकावासीलाई आर्थिक सहयोग गर्ने भएको छ । कोभिड–१९ को दोस्रो सङ्क्रमण बढ्दै गएको अवस्थामा पनि गाउँपालिकामा सङ्क्रमण देखिएका बिरामी स्वास्थ्य परीक्षणमा चासो नदेखाएको र आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या आएको भन्दै गाउँपालिकाले पालिकावासीलाई उपचारमा हौसला प्रदान गर्न आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बजेट अभावमा उपचारमा समस्या नहोस् भनेर अर्थिक अवस्था कमजोर भएका पालिकावासीलाई उपचारमा सहयोग पुगोस् भनेर रु १५ हजारसम्म दिने निर्णय भएको बताउनुभयो । अध्यक्ष सुवेदीले भन्नुभयो, “कोरोना पोजेटिभ देखिए पनि आर्थिक अभावमा अस्पताल नगएर घरमै थलिएर बसेको अवस्थामा पालिकाले दिने उपचार खर्चले सहयोग पुग्छ र यसले सङ्क्रमणलाई लुकाउने कार्यमा कमी आउँछ ।”

बिरामीले अस्पतालमा स्वास्थ्योपचार गराएको कागजपत्रका आधारमा गाउँपालिकाको कार्यालयमा उपचार खर्च गरेको अवस्थामा रकम उपलब्ध गराउने अध्यक्ष सुवेदीले बताउनुभयो ।

गाउँपालिकाका प्रशासकीय प्रमुख चिरञ्जीवी बरालले गाउँपालिकाभित्र ४९ जना सङ्क्रमित रहेको र जसमध्ये नौजना सङ्क्रमण निको भएर घर फर्किएको र एकजना सङ्क्रमित महिलाको मृत्यु भएको जानकारी दिनुभयो । गाउँपालिकाले कोरोना महामारीमा स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यअनुसार पालिकाभित्र दुईओटा एम्बुलेन्स सञ्चालनमा ल्याएको र कोरोना सङ्क्रमित बिरामी र सुत्केरीको उपचारका लागि छुट्टाछुट्टै एम्बुलन्सद्वारा निःशुल्क सेवासमेत दिँदै आएको प्रशासकीय प्रमुख बरालले बताउनुभयो । गाउँपालिकाले २० श्ययाको अक्सिजनसहितको अस्पताल सञ्चालनमा ल्याएको र कोरोना सङ्क्रमितहरूलाई सङ्क्रमितको घरघरमै पुगेर औषधिसमेत वितरण गर्दै आएको गाउँपालिकाले जनाएको छ । जिल्लामा यो समाचार तयार पार्दासम्म कूल एक हजार ८४२ जना सङ्क्रमित भएका छन् भने ३२० जना निको भएर घर फर्किएका छन् ।

मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ भने विभिन्न ६४ जना सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी मित्रप्रसाद अर्यालले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार होम आइसोलेशनमा एक हजार ३४३ छन् भने क्वारेन्टिनमा ३६ जना छन् । जिल्लामा २९७ आइसोलेशन श्यया र २४९ अक्सिजन सिलिण्डर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 स्थानीय तहको चासो खोपतिर    

जिल्लामा कोरोना सङ्क्रमणका कारण दैनिकजसो बिरामीको मृत्यु हुन थालेपछि स्थानीय तहका प्रमुखहरुले खोप खरीदप्रति चासो देखाउन थालेका छन् । कोरोना सङ्क्रमणबाट बचाउन खोपको अतिआवश्यकता भएको भन्दै स्थानीय तहका प्रमुखहरूले यसतर्फ चासो देखाएका हुन् ।

वालिङ नगरपालिकाले कोभिड विरुद्धको खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई एक पत्र लेखेर अनुरोध गरेको छ भने हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जनता बचाउनका लागि खोपको अति आवश्यक भएको भन्दै यस आर्थिक वर्षको सबै विकास बजेट कटाएर खोप खरीद गर्न तयार रहेकाले खोप किन्न पाइने ठाउँको खोजी गर्न आग्रह गर्नुभएको छ ।

वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणद्वारा हस्ताक्षरित पत्रमा वालिङका नागरिकले खोपको अत्यधिक माग गरेकाले मन्त्रालयबाट उपलब्ध गराउन आग्रह गर्नुभएको छ । नगरप्रमुख खाँणले मन्त्रालयबाट उपलब्ध गराउन सम्भव नभए नगरपालिकाले आफ्नै खर्चमा खोप खरीद गर्ने वातावरण सिर्जना गर्न र नगरपालिकाले खोप खरीद गर्न तयार रहेकाले खरीदका लागि अनुमति दिन पत्रमा उल्लेख गरिएको छ ।

हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले सरकार पहिला जनता बचाउन लाग्नुपर्ने बताउँदै विकास र राजनीति पछि गर्दै गरौँला भन्नुभएको छ । मानन्धरले खोप जसले किने पनि जनताकै पैसा भएकाले खोप किन्न पाइने ठाउँको खोजी गर्नसमेत अध्यक्ष मानन्धरले आग्रह गर्नुभएको छ । जिल्लामा कूल एक हजार ८४२ जना सङ्क्रमित भएका छन् भने ३२० जना निको भएर घर फर्किएका छन् ।

मृत्यु हुनेहरूको सङ्ख्या ७९ पुगेको छ भने विभिन्न ६४ जना सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी मित्रप्रसाद अर्यालले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार होम आइसोलेशनमा एक हजार ३४३ जना रहेका छन् भने क्वारेन्टिनमा ३६ जना रहेका छन् । जिल्लामा २९७ आइसोलेशन श्यया र २४९ अक्सिजन सिलिण्डर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
–––

Related News

सम्बन्धित समाचार

  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • पुराना रुख काट्नेलाई कारबाहीको माग

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । माघ दोस्रो साता पोखराका विभिन्न टोलहरुमा सयौं वर्ष पुराना रुख र चौताराहरु नराम्ररी मुठारिए । टोल विकास संस्था…
  • कास्की पोखरा समाज जापानमा कमल

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । कास्की पोखरा समाज जापानको छैटौं अधिवेशनले कमल बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । टोकियोमा भएको अधिवेशनबाट…
  • कर्मयोगी भक्तराज सम्मानित

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । बगाले टोल विकास संस्थाले संस्थापक अध्यक्ष भक्तराज श्रेष्ठ र उनकी जीवनसंगीनी मोहनमाया श्रेष्ठलाई सम्मान गरेको छ । साथै…

hero news full width