प्रेस युनियन कास्कीको अवार्ड विजय नेपालीलाई

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७८
Bijay Nepali

पोखरा, १२ जेठ । नेपाल प्रेस युनियन कास्कीले उत्कृष्ट सदस्य अवार्ड – २०७७ कार्यसमिति सदस्य विजय नेपालीलाई प्रदान गर्ने भएको छ ।

नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रदान गरिने यो अवार्ड गतवर्ष देखि शुरु गरिएको हो । अवार्डको राशि नगद ५ हजारसहित दोसल्ला र प्रशंसापत्र छ ।

कार्यसमितिका सदस्यमध्ये संस्थागत गतिविधिमा सक्रिय सहभागिता जनाउनेलाई यो अवार्ड प्रदान गरिने अध्यक्ष नवीन सिग्देलले बताए । कार्यसमितिका सदस्यलाई प्रोत्साहन गर्न अवार्डको व्यवस्था गरिएको उनको भनाइ छ ।

हिमदूत दैनिकबाट पत्रकारिता शुरु गरेका पत्रकार नेपाली हाल ढोरपाटन दैनिक र समाचारपत्रमा कार्यरत छन् ।

कार्यसमितिको दोस्रो बैठकले उत्कृष्ट सदस्य अवार्डका लागि कार्यमूल्यांकनका आधारमा सदस्य छनोटको अधिकार अध्यक्ष सिग्देललाई दिएको थियो । यसअघि सो अवार्ड कार्यसमिति सदस्य अनिषा श्रेष्ठलाई प्रदान गरिएको थियो ।

कोरोना महामारीका कारण अवार्ड हस्तान्तरण कार्यक्रम भने पछि उपयुक्त समयमा गरिने सचिव प्रदिप पौडेलले जानकारी दिए । प्रेस युनियनको स्थापना दिवस जेठ १३ गते हो ।

Related News

सम्बन्धित समाचार

hero news full width