शुक्लागण्डकीमा टोलटोलमा स्वास्थ्य स्वयंसेवक

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७८
shuklagandaki-volunteer-committee

दमौली । शुक्लागण्डकी नगरपालिका ८ ले टोल टोलमा स्वास्थ्य स्वयंसेवक परिचालन गरेको छ । होमआइसोलेसनमा रहेका कोरोना संक्रमितको अवस्था बुझ्न र अप्ठेरोमा परेकालाई सघाउन भन्दै विज्ञ तथा सामाजिक सञ्जालमार्फत आएको सुझावअनुसार १८ जना स्वास्थ्य स्वयंसेवक टोल टोलमा परिचालन गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए । उनले भने,‘आपतकालीन स्वयंसेवकले बिरामीहरुको अवस्थाबारे जानकारी लिँदै आवश्यक परे सघाउने काम गर्दछन् ।’

कोरोनाको कहर पछि जारी निषेधाज्ञामा घरमा नै रहेका जनशक्तिलाई वडाले आग्रह गरेर परिचालन गरिएको उनले बताए ।

उनका अनुसार स्वास्थ्य सहायकसँगै स्टाफ नर्स, अनमी, सिएमए, रेडियोग्राफी, ल्याब असिस्टेन्ट लगायत कोर्ष पूरा गरेका स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ । उनीहरुलाई चाहिने अक्सिमिटर, थर्मोमिटर, मास्क, सेनिटाइजर, फेस सिल्ड, ग्लोब्सलगायत सामग्री वडाले नै उपलब्ध गराएको वडाअध्यक्ष रेग्मीले बताए । वडाले बिएससी नर्सिङ पूरा गरेकी मनीषा ढकाल लम्साललाई संयोजकत्वमा स्वास्थ्य स्वयंसेवकलाई प्रशिक्षण दिने गरी कार्यक्षेत्रमा खटाइएको उनले बताए ।

स्वयंसेवकले उच्च सतर्कताका साथ घरमा नै बिरामीको चेकजाँच गर्ने, कोरोनाको डरले रोग लुकाएर बसेका जनतालाई उचित परामर्शका साथ अस्पतालसम्म पुर्‍याउन मद्दत गर्ने तथा लक्षण देखिएकालाई वडासँग समन्वय गरी पिसिआर गर्न सिफारिस गर्ने लगायतका काम गर्नेछन् । उक्त अभियानले आइसोलेसनमा बस्नेहरूलाई टोल छिमेकबाट दुव्र्यवहार नहोस् र संक्रमितको पनि मनोबल बढोस् भनेर वडाको विश्वास छ ।

Related News

सम्बन्धित समाचार

    • स्याङजामा थपियो एकसाता निषेधाज्ञा

      आदर्श समाज सम्वाददाता असार ८, २०७८
      स्याङ्जा । स्याङ्जामा निषेधाज्ञा एक साता थप भएको छ । सोमबार १२ बजेदेखि सकिँदै गरेको निषेधाज्ञालाई पुनः १५ गते सम्मका…
    • ६५५ कोरोनामुक्त, ६ को मृत्यु

      आदर्श समाज सम्वाददाता असार ८, २०७८
      पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितमध्ये सोमबार ६ सय ५५ जना निको भएका छन् । अघिल्लो दिनको तुलनामा निको हुनेको…
    • कास्कीमा साढे ५७ हजारले लगाए कोरोना खोप

      धनबहादुर गुरुङ असार ८, २०७८
      पोखरा । कास्कीमा करिब साढे ५७ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय कास्कीका अनुसार जिल्लामा कुल ५७ हजार…
    • एक घर एक रोजगार

      रासस असार ७, २०७८
      गलकोट । बागलुङको बरेङ गाउँपालिकाले एक घर एक रोजगार कार्यक्रम अघि सारेको छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएर…
    • हाम्रो परिवर्तन नेपालको ज्ञापन

      आदर्श समाज सम्वाददाता असार ७, २०७८
      पोखरा  । हाम्रो परिवर्तन नेपालले विभिन्न मागसहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आइतबार ज्ञापनपत्र बुझाएका छन् । संस्थाका अध्यक्ष…

    hero news full width

    sanil ads

    wordlink ads