दमौली । जिल्लाको भानु नगरपालिका १ साँखेटारकी २५ वर्षीया युवतीको अन्त्येष्टिपछि पिसिआर रिपोर्ट आएको छ । रिपोर्टले कोरोना संक्रमण पुष्टि गरेको छ । ज्वरो आएपछि उनलाई भानुको पुरनडिहीस्थित नगर अस्पतालमा भर्ना गरिएको थियो । उक्त अस्पतालमा ती महिलाको अवस्था सुधार नभएपछि दमौली अस्पताल लगियो । त्यहाँ पनि स्वास्थ्यमा सुधार नआएको भन्दै अस्पतालले उनलाई पोखरा रिफर ग¥यो । पोखरा जाने क्रममा बाटोमा एम्बुलेन्समै सोमबार साँझ ती महिलाको ज्यान गयो । पुरनडिही र दमौली अस्पताल दुबैमा गरिएको एन्टिजेन परीक्षणका क्रममा महिलाको रिपोट नेगेटिभ थियो । तर पनि कोभिड हुन सक्ने आशंकाकाबीच उनको पीसिआर परीक्षणका लागि पोखरा पठाइएको थियो ।
स्वास्थ्यकर्मीले स्वाब संकलन गरे तर आफन्तले भानु १ को घाटमा मृत्यु भएको राति नै अन्त्येष्टि गरे । स्थानीयहरुले भने,‘ सबै अस्पताल धाउँदा धाउँदै रिपोर्ट आएन । शव जलाएछि पोजेटिभ रिपोर्ट आयो ।’
तनहुँका १ हप्ता अघि संकलित करिब सबा ३ सय स्वाबको नतिजा आउन बाँकी छ
अन्त्येष्टिमा खटिएका झण्डै २५ आफन्त जोखिम कोरोना संक्रमणको जोखिममा परेका छन् । उनीहरुले बिरामीको मृत्यु हुनु अघि नै रिपोर्ट आएको भए सैनिककै सहायतामा अन्त्येष्टि गरिन्थ्यो, सबैमा जोखिम हुँदैनथ्यो ।’ २ पटक एन्टिजेन रिपोर्ट नेगेटिभ आएको ठानेर आफन्तले अन्त्येष्टि गरेको जानकारी पाएको भानु नगरपालिकाका स्वास्थ्य प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए । उनले सहभागी सबै पिसिआर परीक्षण गरिनुपर्ने भन्दै सुरक्षित रुपमा होमआइसोलेसनमा बस्न आग्रह गरे ।
पिसिआर जाँचका लागि पोखरा पठाइएका स्वाबको नतिजा लामो समयसम्म नआउँदा समस्या भएको छ । जिल्लाका करिब सबा ३ सय स्वाबको नतिजा आउन बाँकी छ । १ साता अघिदेखि यताका स्वाबको नतिजा नआउँदा जाँच गराएका व्यक्ति अन्योलमा परेका छन् भने व्यवस्थापकीय जिम्मेवारीमा रहेका निकाय पनि अन्योलमा छन् । व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीका अनुसार १ हप्तादेखि १० दिनसम्मका रिपोर्ट अझै आएका छैनन् । स्वास्थ्य कार्यालय तनहँुले दिएको तथ्यांकअनुसार व्यासका ७६, बन्दीपुरका ३१, आँबुखैरेनीका २९, देवघाटका २७, ऋषिङका १६ र घिरिङका ११ जनाको रिपोर्ट आउन बाँकी छ । १ साताअघि व्यास २ की १ महिलाले स्वाब दिएकी थिइन् तर नतिजा समयमै नआउँदा अन्योल रहेको बताइन् । उनले भनिन्,‘अलिअलि रुघाखोकी लागेको पनि निको भइसकेको छ । तर समयमा नै नतिजा नआउँदा समस्या भएको छ ।’
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१