पोखरा । नेपाल पत्रकार महासंघ, कास्कीका सदस्य जगन्नाथ पौडेल (गणेश) को स्मृतिमा मंलगबार श्रद्धाञ्जली सभा गरिएको छ । पौडेलको १३ औं दिनको पुण्यतिथिमा पत्रकार महासंघ कास्कीले श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।
सभामा पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनीले पत्रकार गणेश पौडेलका परिवारका सदस्यलाई रोजगारी दिलाउन महासंघले पहल गर्नुपर्नेमा जोड दिइन् ।
पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदीले कोभिडको बहानामा कुनै पनि मिडिया हाउसले पत्रकार निष्कासन गर्न नहुने भन्दै यस्तो गरेको पाइए महासंघ चुप लागेर नबस्ने चेतावनी दिए ।
महासंघ कास्की अध्यक्ष बिमला भण्डारीले टेलिभिजन पत्रकारिता जगतमा उदाउँदो व्यक्तित्व पौडेलको निधनले कहीं न कही अभाव महसुस हुने बताइन् । सत्रुलाई पनि मित्रवत व्यवहार गर्ने पौडेलको निधनले पत्रकारिता जगतमा अपूरणीय क्षति पुगेको भण्डारीले बताइन् । साथै उनले कोरोना महामारीमा अत्यन्तै जिम्मेवार र सजग भएर खटिन पत्रकारलाई आग्रह गरिन् ।
महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीले सहयोद्धा पौडेलको निधनले सिंगो पत्रकारिताजगत स्तब्ध भएको भन्दै उनलाई बिर्सन निकै गाह्रो पर्ने बताए । कोरोना संक्रमणले छोइहाले कत्ति पनि आत्तिन नहुने भन्दै उनले पोषिलो, झोलिलो पदार्थ खान र पुदिनाको पात प्रयोग गर्न सुझाव दिए ।
सभामा नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देल, प्रेस संगठनका जिल्ला अध्यक्ष सन्देश श्रेष्ठ, पत्रकार अपिल त्रिपाठी, महासंघका सचिव माधव बरालले पत्रकार पौडेलको निधनले सिंगो पत्रकारिताजगत नै स्तव्ध भएको बताए ।
गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार पौडेलको कोरोना संक्रमणका कारण वैशाख ३० मा निधन भएको थियो । पोखरा ३३, बागमारा निवासी ४० वर्षीय पौडेल डेढ दशक अघिदेखि पत्रकारितामा सक्रिय थिए । उनका श्रीमती र २ छोरा छन् ।
देशभर १६ पत्रकारको निधन
नेपालमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म १६ जना पत्रकारको निधन भएको छ । यस्तै, ८ सय ५० जना पत्रकार संक्रमित भएको महासंघका केन्द्रीय सदस्य सरिता पगेनी तिमिल्सिनाले जानकारी दिइन् ।
उनले पत्रकार महासंघले कोरोना संक्रमणबाट निधन भएका प्रत्येक पत्रकारका परिवारलाई ३० हजार रुपैयाँ उपलव्ध गराउने निर्णय भएको जानकारी दिइन् ।
यस्तै, गण्डकीमा कोरोना संक्रमणका कारण २ पत्रकारको निधन भएको छ । गण्डकीमा हालसम्म १ सय ९ जना पत्रकार संक्रमित भएको र अधिकांश निको भइसकेको महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिए ।
उनका अनुसार संक्रमितमध्ये हाल ७ जना सक्रिय संक्रमित छन् । उनीहरु होम आइसोलेसनमै बसिरहेका छन् ।
Related News
सम्बन्धित समाचार
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
पोखरा वडा २७ को आफ्नै भवन
भद्रकाली माविको ७३ औं वार्षिकोत्सव
रुपाताल संरक्षण परियोजना निर्माणमा जोड
काटिएका रुखका मुढा जफत
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१