पोखरामा ८ कक्षाको परीक्षा पनि नहुने

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७८
pokhara metro

पोखरा । पोखरा महानगरपालिकामा कक्षा ८ को जिल्लास्तरीय परीक्षा पनि नहुने भएको छ । महानगरको शिक्षा महाशाखाले मंगलबार सूचना जारी गरी कोभिड १९ को महामारीका कारण भौति रुपमा परीक्षा सञ्चालन गर्न नसकिएको जनाएको हो ।

विद्यालयहरुले यसअगाडि सञ्चालन गरेका त्रैमासिक, अर्धवार्षिक, परीक्षाको अंकलाई आधारमा मानी ५० प्रतिशत अंक प्रदान गर्ने निर्णय भएको छ ।

बाँकी ५० प्रतिशत अंक कक्षाकार्य, गृहकार्य, हाजिरी र अनलाइन कक्षामा भएका सिकाइ लगायतलाई आधार मानी विशषयगत शिक्षकले अंक प्रदान गर्ने गरी महानगर परीक्षा सञ्चालन तथा समन्वय समतिको मंगलबार बसेको बैठकले निर्णय गरेको महाशाखा निर्देशक हेमप्रसाद आचार्यले बताए ।

विषयगत शिक्षकले एक्सल सिटमा भरेर प्रधानाध्यापकबाट प्रमाणित गरी २५ गतेभित्र महाशाखामा पठाइदिन अनुरोध गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width