गण्डकी प्रदेश सभाको बजेट अधिवेशन जेठ १६ गते बोलाउन सिफारिस

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७८
first cabinet

फाइल तस्बिर

पोखरा । गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन जेठ १६ गते बोलाउन सरकारले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले  जेठ १६ गते दिनकाे १ बजे पाेखरा सभागृहमा बैठक बाेलाउन सिफारिस गरेकाे हाे ।  नदीपुरस्थित संसद भवनकाे बैठक कक्ष साँघुराे भएकाले सामाजिक दुरी पालनाका लागि सभागृह राेजिएकाे हाे । पाेहाेरकाे बजेट अधिवेशन पनि पाेखरा सभागृहमै भएकाे थियाे ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यही महिनाको २८ गतेभित्र विश्वासको मत लिनु पर्ने छ । असार १ गते बजेट ल्याउनुपर्ने प्रावधान छ ।

बजेट अगावै नीति तथा कार्यक्रम पारित गर्नु हुन्छ । यो अधिवेशनमा मुखमन्त्रीले विश्वासको मत लिन सकेनन् भने अर्को सरकार गठन पनि सहज छैन । यसले
गण्डकी पनि मध्यावधिकै बाटोमा जाने देखिएको छ ।

बजेट अगावै सरकार फेरबदल भएमा वा मुख्यमन्त्रीले बजेट ल्याउन नसकेमा काम चलाउन सरकारले अध्यायदेशमार्फत पनि बजेट ल्याउनुपर्ने अवस्था आउन सक्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width