पोखरा । कोरोनाको दोस्रो लहर सुरु भएसँगै सरकारी अस्पतालमा कोरोना संक्रमितको चाप ह्वात्तै बढ्यो । धेरैको रोजाइ पर्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा इमर्जेन्सीमै राखेर कोरोना संक्रमितको उपचार गरिएको थियो । अस्पतालले मेडिकल वार्डलाई यसअघि नै अक्सिजनसहितको आइसोलेसन वार्डमा विकास गरिसकेको छ । अस्पतालमा संक्रमितको उपचारका लागि हाल ८० बेड आइसोलेसन छ ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपतकालीन तथा विपत व्यवस्थापन समितिले आइतबार अस्पताललाई पूर्ण रुपमा कोभिड १९ का संक्रमित हेर्ने गरी व्यवस्था मिलाउन परिपत्र गर्यो । पत्र अनुसार नै यस क्षेत्रमा सरकारीतर्फ सबैभन्दा ठूलो अस्पतालमा अब कोरोना संक्रमितको मात्रै उपचार हुने भएको छ ।
गत ५ वैशाखमा बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले सो अस्पताललाई कोरोना संक्रमितको मात्रै उपचार गराउने अस्पताल बनाउन केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही अनुरुप नेपाल सरकार सचिवस्तरको आइतबारको बैठकले क्षेत्रीय अस्पतालमा कोरोना संक्रमितको मात्रै उपचार गर्ने निर्णय गरेको थियो ।
यसैबीच, संक्रमितको उपचारमा आवश्यक प्रक्रिया पूरा गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा मंगलबारदेखि ओपिडी सेवा बन्द गर्दैछ । अस्पतालमा कुल ३ सय ५० बेड छन् ।
प्रतिष्ठानका तर्फबाट निर्देशक प्राडा भरतबहादुर खत्रीले सोमबार विज्ञप्ति जारी गर्दै अर्को सूचना वा आदेश नभएसम्म कोभिड १९ बाहेकका अन्य ओपिडी बन्द भएको जनाइएको छ ।
गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि अस्पतालको इमर्जेन्सी सेवा भने यथावत रहने छ । मिर्गौलाका बिरामीका लागि डायलाइसिस पनि निरन्तर रहने निर्देशक डा. खत्रीले जानकारी दिए । ‘सबै बेडमा अक्सिजन पु¥याउन गाह्रो छ,’ उनले भने, ‘सिलिन्डरले जति भ्याउँछ, त्यति गर्दै व्यवस्थापन गर्दै जान्छौं ।’
Related News
सम्बन्धित समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
hero news full width
मुख्य समाचार
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१