मध्यरातमा प्रधानन्यायाधीश किन पुगे प्रधानमन्त्री निवास ?

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७८
cholendra-samser-jabara

पोखरा ।  न्यायाधीश चोलेन्द्र समशेर जबरा सोमबार मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलाीलाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रतिनिधिसभा पुनस्र्थापना र नयाँ प्रधानमन्त्री नियुक्तिको मागससहित विपक्षी गठबन्धनका बहुमत सांसदले सर्वाेच्चमा रिट दर्ता गरेकै दिन मध्यरातमा प्रधानन्यायाधीशले प्रधानमन्त्रीलाई भेट्नु अर्थपूर्णरुपमा हेरिएको छ ।

प्रधामन्त्री ओलीले अहिलेको अवस्थामा आफूलाई सहयोग गर्न राणासँग आग्रह गरेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच करिब १ घन्टा कुराकानी भएको थियो । जाँदा हँसिलो अनुहार लिएर गएका प्रधानन्यायाधीश फर्कँदा भने अलि मलिन देखिएका थिए ।
विपक्षी गठबन्धनका १ सय ४६ सांसदले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै सोमबार दिउँसो रिट निवेदन दर्ता गराएका छन् । १ सय ४६ मध्ये १ सय ४९ जना सांसद अदालतमै पुगेर हस्ताक्षर सनाखत गराएका छन् । बाँकी सांसदले वारेस खटाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width