कास्की ६ दलका युवा संघको विरोध

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७८

पोखरा । असंवैधानिक ढंगबाट राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको भन्दै कास्कीका ६ राजनीतिक दलका भातृ संगठनले विरोध गरेका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको विरोध गरेका हुन् । विज्ञप्तिमा नेपाल तरुण दलका मनोज गुरुङ, योङ कम्युनिस्ट लिगका भोजराज पौडेल, युवा संघ नेपालका असीम गुरुङ, समाजवादी युवा संघका लक्ष्मण गुरुङ, अखिल नेपाल युवा संघका विक्रम थापा र विवेकशील साझा युवा संगठनका विजय पराजुलीले हस्ताक्षर गरेका छन् ।

देश कोभिड १९ को दोस्रो भेरियन्टमा फसेको बेला जनताको समस्याप्रति कुनै चासो नदिई गद्दारी गरिएकाले राष्ट्र र जनताप्रति ठूलो धोका उनीहरुको ठहर गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध सम्पूर्ण कस्केली युवा एकजुट भई अगाडि बढ्न विज्ञप्ति मार्फत आह्वान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • भद्रकाली माविको ७३ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । पोखरा १३ कुँडहरस्थित भद्रकाली माविको ७३ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भयो ।…
  • रुपाताल संरक्षण परियोजना निर्माणमा जोड

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    लेखनाथ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले रुपाताल संरक्षण परियोजना निर्माणलाई तीव्र पार्नुपर्नेमा जोड दिएका छन् । पोखरा–३२…
  • काटिएका रुखका मुढा जफत

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । कोटीहोमका लागि भन्दै पोखराका वर्षौ पुराना वर, पीपल, शमी जातका रुखहरु काटेर थुपारिएका मुढाहरु पोखरा महानगरपालिकाले जफत गरेको…
  • नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । जन्मदिनमा हुने गरेका फजुल खर्च सामाजिक सेवामा लगाउनेहरु पनि समाजमा उत्तिकै छन् । ८५ वर्षीया एकजना ज्येष्ठ नागरिकले…
  • बालोदयमा इन्टेलेक्ट स्फेयर

    आदर्श समाज सम्वाददाता माघ २३, २०८१
    पोखरा । बालोदय मावि, बिरौटाको ३७ औं स्थापना दिवस अवसरमा दुइदिवसीय बालोदय इन्टेलेक्ट स्फेयर भएको छ । कार्यक्रममा स्टिममा आधारित…

hero news full width