पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे) को पहलमा मनाङमा अक्सिजन सिलिन्डर र अक्सिजन कन्सन्ट्रेटर पठाइएको छ ।
गण्डकी प्रदेश सरकारको सहयोगमा १० वटा अक्सिजन सिलिन्डर र मनाङ समाज काठमाडौंको सहयोगमा ७ वटा अक्सिजन कन्सनट्रेटर सोमबार पठाइएको खेलकुद मन्त्री गुरुङका प्रवक्ता रोनित गुरुङले जानकारी दिए । प्रवक्ता गुरुङका अनुसार भ्राका राजा घलेबाट १ वटा अक्सिजन कन्सन्ट्रेटर गरी ८ वटा अक्सिजन कन्सन्ट्रेटर र १० वटा अक्सिजन सिलिन्डर मनाङ ङिस्याङ गाउँपालिका ६ का अध्यक्ष सोनम गुरुङको जिम्मामा पठाइएको रोनित गुरुङले जानकारी दिए ।
प्रवक्ता गुरुङका अनुसार प्रदेश सरकारको सहयोगमा पठाइएको ग्यास सिलिन्डर नार्पाभूमि गाउँपालिकालाई ४ वटा र मनाङ ङिस्याङ गाउँपालिकालाई ६ वटा दिइनेछ । २ गाउँपालिकाको वडा वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा सिंधै दिने गरी समन्वय भएको उनले जानकारी दिए ।
कोरोना महामारीको समयमा जनताको स्वास्थ्य ठूलो भएका कारण माननीय मन्त्रीले मनाङको अन्य गाउँपालिकाका वडालाई पनि सहयोग गर्ने योजना बनाएको प्रवक्ता गुरुङले बताए ।
Related News
सम्बन्धित समाचार
लायन्स आदर्श चौतारीको शिविर
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
हिमालयनलाई वडाध्यक्ष कप
अखण्ड कीर्तनको १७ औं वार्षिकोत्सव
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
hero news full width
मुख्य समाचार
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१