‘विपन्न वर्गका लागि निशुल्क एम्बुलेन्स’

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७८
Ambulancee

स्याङ्जा । स्कुल अफ डेमोक्रेसी स्याङ्जाले कोरोना संक्रमितको उपचारार्थ निशुल्क एम्बुलेन्स सेवा सोमबारदेखि सञ्चालन सुरु गरेको छ । ‘विपन्न वर्गका लागि निशुल्क एम्बुलेन्स सेवा’ नामकरणका साथ परोपकारी सेवा सुरुआत गरिएको हो ।

जिल्लाको मध्यभाग वालिङमा सेवा शुभारम्भ गर्दे भीरकोट नगरप्रमुख छायाराम खनालले स्थानीय तहको जिम्मेवारीलाई स्कुल अफ डेमोक्रेसीले सहयोग गरेकोमा खुसी व्यक्त गरे । कोभिड संक्रमणले त्रास फैलिरहेका बेला डेमोक्रेसीले सहयोगका साथै १ चुनौतीपूर्ण कामको जिम्मेवारीसमेत लिएकोमा पालिकाले आवश्यकताअनुरुप सहयोग गर्ने बताए ।
कार्यक्रममा वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले महामारीका बेला संक्रमितलाई थप उपचारमा छिटो छरितो बनाउन आएको परोपकारी संस्था डेमोक्रेसीसँग हातेमालो गर्दै बिरामीका उपचारमा जुट्नुपर्नेमा जोड दिए ।

जिल्लाका ११ वटै पालिका लक्षित सेवा आरम्भ गरिएको र आवश्यक परेमा एम्बुलेन्स सेवा थप गर्न पनि स्कुल अफ डेमोक्रेसी तयार रहेको संस्थाका अध्यक्ष इन्जिनियर अनुप श्रेष्ठ बताउँछन् ।

डेमोक्रेसीका जिल्ला अध्यक्ष इं अनुप श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन डेमोक्रेसीका उपाध्यक्ष सागर कुँवरले गरेका थिए ।
जिल्लाका ११ वटै पालिकामा गठित डेमोक्रेसीका पालिका संयोजकले बिरामी तथा उहाँका परिवारसँगै समन्वय गरी स्थानीय पालिकाका अस्पताल र पोखरासम्म पु¥याउने गरी व्यवस्था मिलाएकोे छ ।

अभियानका लागि लागि पोखरा महानगरपालिका पृथ्वीचोकस्थित होटल तिरुपतिका सञ्चालक प्रल्हादजंग मरासिनीले अभियान अवधिभर निशुल्क एम्बुलेन्स उपलब्ध गराएका छन् । पुतलीबजार ३ का मरासिनी डेमोक्रेसीका नगर संयोजक हुन् ।

पुतलीबजार नगरपालिका २ देवीस्थान निवासी भुवन कुवँरले सामाजिक सेवाका लागि भन्दै संक्रमितका सहयोगार्थ एम्बुलेन्स चलाउने जिम्मेवारी लिएको बताए ।

Related News

सम्बन्धित समाचार

  • सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • लायन्स आदर्श चौतारीको शिविर

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गत लायन्स क्लब पोखरा आदर्श चौतारी, लियो आदर्श चौतारी, पैयुँको आयोजनामा निःशुल्क बृहत्…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…
  • हिमालयनलाई वडाध्यक्ष कप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । हिमालयन बोर्डिङ स्कुलले चौथो अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ड्याम साइड क्लबले आयोजना…

hero news full width