पराजुली परिवारमा शोक

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७८
gopal parajuli

पोखरा । पोखराका विन्ध्यवासिनीस्थित पराजुली परिवारमा शोक परेको छ ।

स्थानीय गोपालप्रसाद पराजुलीको आइतवार अपरान्ह आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भयो ।

पराजुली नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि, विन्ध्यवासिनी धार्मिक विकास समिति, विन्ध्यवासिनी धार्मिक समितिका आजीवन सदस्य, अनन्त सामुदायिक सेवा समिति र गाईघाट क्षेत्र विकास समितिका सदस्य थिए ।

उनले लामाे समय नेपाल सरकारकाे भूमि प्रशासनमा बिताएका थिए । उनको सेती नदी किनार गाईघाटमा आइतवार साँझ दाहसंस्कार भयो ।

पराजुलीका श्रीमती, १ दिदी, ३ भाइ, २ छोरा, १ छोरी, ३ नाति र २ नातिनी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width