मध्यविन्दुमा अक्सिजन प्लान्ट सञ्चालन

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७८
nawalpur icu bed

नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालमा १० बेडको आइसियु कक्ष सहितको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरबहादुर थापाका अनुसार जिल्ला अस्पतालमा जोडिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । अक्सिजन प्लान्टबाट दैनिक १८ सिलिन्डर अक्सिजन उत्पादन हुने उनले जानकारी दिए ।

सो सञ्चालनसँगै तत्कालका लागि अक्सिजन अभाव टरेको बताए । तथापि अस्पतालमा उपचाररत बिरामीका लागि अक्सिजन प्लान्टले मात्र पुग्ने अवस्था भने नरहेको उनले बताए ।
डिसिसिएमसीको बैठकले जिल्ला अस्पतालमा रहेको अक्सिजन प्लान्ट बिस्तार गर्ने निर्णय समेत गरेको छ । जिल्लामा अक्सिजन अभाव हुन थालेसँगै विपत व्यावस्थापन सहयोग समितिले विभिन्न उद्योगबाट सिलिन्डर संकलन गरी अक्सिजन भर्ने गरेको थियो ।

जिल्ला अस्पतालमा प्लान्ट थप गर्न विभिन्न संघ–संस्थाले सहयोग गर्न चाहेमा जिल्ला अस्पतालको खातामा वा लेखा शाखामा गएर रकम बुझाउन सकिने डा. थापाले जानकारी दिए ।
त्यसैगरी १० बेडको आइसियु सेवा पनि सञ्चालनमा आएको छ । आइसियुमा हाल २ जना संक्रमितको उपचार भइरहेको छ ।

यस्तै, मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन सेवा बिस्तारका लागि स्थानीयस्तरबाट सहयोग जुट्ने क्रम सुरु भएको छ । सोको लागि अस्पताललाई २ लाख ४४ हजार रुपैयाँ सहयोग गरिएको कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width