हेमजामा चिकित्सकसहित हेल्प डेस्क

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७८
COVID NEWS 10

पोखरा । कोरोना नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले पोखरा २५ हेमजामा हेल्प डेस्क स्थापना गरिएको छ । कोरोना महामारी नियन्त्रण समन्वय समितिले होम आइसोलेसनमा रहेकाहरुकोे मनोबल उच्च राख्न, स्वास्थ्य परामर्श दिन र आवश्यकता अनुसार उपचारको प्रक्रिया अघि बढाउन चिकित्सक, नर्स, एम्बुलेन्स सेवासहित हेल्प डेस्क सञ्चालन गरेको हो ।

स्वास्थ्यकर्मीमार्फत बिरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र सोको अभिलेख राख्ने काम सुरु भएको छ । चिकित्सक, नर्स, एम्बुलेन्स सेवासहितको हेल्प डेस्क सञ्चालन गरी नेपाल हेल्थ क्रप्स र कोरोना महामारी नियन्त्रण समन्वय समितिबीच दैनिक ६ घन्टा डाक्टरी सेवा र बेलुका ५ बजेदेखि ७ बजेसम्म विशेषज्ञसहितको टेली मेडिसिन सेवा दिने गरी सम्झौता गरियको सचिवालय सदस्य विजय पौडेलले जानकारी दिए ।

कोरोना महामारी नियन्त्रण समन्वय समिति संयोजक मोतिराज तिम्सिनाले अति आवश्यक कामबाहेक घर बाहिर नजान, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न र सजग रहनुहुन पनि सम्पूर्ण वडाबासीलाई अनुरोध गरे ।

हेमजा स्वास्थ चौकीका प्रमुख खेम गुरुङले थर्मोमिटर, अक्सिमिटर, जीवन जल, भिटामिन बि, सी, मास्क, सेनिटाइजर, एन्टिबायोटिक, सिटामोललगायत वितरण भइरहेको बताए । विपद्को समयमा गरिएको यस कार्यको प्रशंसा गर्दै स्वदेश तथा विदेशबाट आर्थिक सहयोगबाट समन्वय समितिले किट उपलब्ध गराइएको हो । उक्त किट प्रतिप्याकेट ४ हजार १ सयका दरले ४ लाख १० हजारमा खरिद गरी आवश्यकताका आधारमा निशुल्क गरिएको हो । जागरण अभियान नेपाल र राष्ट्रिय परोपकार महासंघ हेमजा कमिटीको पहलमा कोरोना महामारी नियन्त्रण समन्वय समिति गठन गरिएको हो ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण…
  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • ‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय खडा गरिएपछि त्यसको विरोध भएको छ । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति,…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • नमस्ते हस्पिटल १३ औं वर्षमा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नमस्ते हस्पिटल एण्ड रिसर्च सेण्टरले १३ औं स्थापना दिवस सोमबार मनाएको छ । दिवस अवसरमा नवनिर्मित अत्याधुनिक भवनसमेत…

hero news full width