पाेखरा । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ। विपक्षी गठबन्धनलाई सहयोग गरेको अभियोग लगाउँदै एमाले स्थायी कमिटिको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोधेको थियो।
तर स्पष्टीकरणको जवाफ नदिने बरु कारबाही सहन तयार हुने निर्णय गरिएको माधव समूहका नेताहरुले बताएका छन्।
स्पष्टीकरण सोधिएका नेताहरुबारे थप निर्णय लिन एमाले अध्यक्ष ओलीले सोमबार साँझ चार बजे स्थायी कमिटि बैठक बोलाएका छन्।
सो बैठकमा स्पष्टीकरण सोधिएका नेताहरुबारे आवश्यक निर्णय हुने नेता सुवासचन्द्र नेम्वाङले बताए।
यसैबीच संसद विघटन बदर गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर गर्नका लागि नेकपा एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन्।
यसअघि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा २६ जना सांसदले हस्ताक्षर गरेका भए पनि रिट दायर गर्दा संख्या घटेको हो।
संविधानको धारा ७६ को ५ बमोजिम देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै शीतल निवासमा बुझाइएको निवेदनमा हस्ताक्षर गर्ने माधव समूहका सांसदगोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले रिटमा हस्ताक्षर नगरेका हुन्।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१