पोखरा । पोखराको फूलबारीमा निर्माणाधीन दिव्य शान्ति अनुभूति केन्द्रको १० प्रतिशत निर्माण सकिएको छ । कुल २५ करोड रुपैयाँ अनुमानित लागत रहेको सो केन्द्रको हाल पिल्लर उठाउने कार्य भइरहेको प्राविधिकले जनाएका छन् । निर्माणमा हालसम्म साढे २ करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ ।
ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयको पोखरा पिस रिट्रिट सेन्टरअन्तर्गत निर्माणाधीन सो केन्द्रमा ९ सय र ५ सय जना मानिस अट्ने २ छुट्टाछुट्टै राजयोग सभाहल, अनुभूति कक्ष र जीवन मूल्य संग्रहालय मुख्य आकर्षणका रुपमा रहने छन् ।
पोखरा–११, फूलबारीको शिवशक्तिमार्गमा संस्थाको स्वामित्वमा रहेको १ हजार ८ सय २२ वर्ग मिटर जग्गाको करिब आधाजसो जग्गा केन्द्रको भवनले ओगट्ने छ ।
केन्द्रले मानिसको जीवनशैली, आचरण, आहार, विहार, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउनुका साथै पोखरामा पर्यटन प्रवद्र्धनमा नयाँ गन्तव्य थपिने विश्वास गरिएको छ । यसले सांस्कृतिक तथा आध्यात्मिक उन्नति गर्दै जो कोहीलाई पनि चरित्रवान् र शान्तिप्रिय बन्न प्रेरित गर्ने विश्वास छ ।
Related News
सम्बन्धित समाचार
खुदीखोलाका मगरहरुले मनाए माघी
‘भक्ति संगीतको सम्बद्र्धन जरुरी’
शिवालय मन्दिर उद्घाटन
शिक्षामन्त्री कोटिहोममा
पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
hero news full width
मुख्य समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१