एमालेका २३ सांसदले गरे  रिटको पक्षमा  हस्ताक्षर

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७८
madhav nepal

पोखरा । प्रतिनिधि सभा विघटनको विरोध गर्दै आएकाे विपक्षी गठनबन्धन बढीभन्दा बढी सांसदको हस्ताक्षर जुटाउने क्रममा  प्रयास जुटिरहेको छ। रिटका लागि एमालेको माधवकुमार नेपाल पक्षका भने २३ जनाको हस्ताक्षर जुटेको छ।

एमाले सांसद विरोध खतिवडाले  कतिपय सांसद  जिल्लाबाहिर रहेको र अदालतलाई सक्कली हस्ताक्षर चाहिने भएकाले केही संख्या कम भएको बताए।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दा अस्ताक्षर गरेकामध्ये गोकर्ण विष्ट, पवित्र निरौला र गणेश पहाडीले रिटमा हस्ताक्षर गरेका छैनन्।

देउवाको पक्षमा बहुमत रहेको र उनैलाई प्रधानमन्त्री बनाउनुपर्ने विपक्षी गठबन्धनको माग छ।

रिटमा हस्ताक्षर गर्ने एमालेका सांसद
१ विरोध खतिवडा
२ जीवनराम श्रेष्ठ
३ घनश्याम भुसाल
४ सोमप्रसाद पाण्डे
५ कृष्णलाल महर्जन
६ झपट रावल
७ निरादेवि जैरू
८ सरलाकुमारी यादव
९ कल्याणी खड्का
१० लक्ष्मी चौधरी
११ माधव नेपाल
१२ भीम रावल
१३ कलिला खातुन
१४ रामकुमारी झाँक्री
१५ झलनाथ खनाल
१६ पुष्पा कर्ण कायस्थ
१७ भवानीप्रसाद खापुङ
१८ यज्ञ सुनुवार
१९ सुरेन्द्र पाण्डे
२० मुकुन्द न्यौपाने
२१ मेटमणि चौधरी
२२ दीपकप्रकाश भट्ट
२३ नारायण खतिवडा

Related News

सम्बन्धित समाचार

hero news full width