जेठ १२ गतेको चन्द्रग्रहण

रासस
जेठ १०, २०७८
grahan

काठमाडौं । जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ ९पृथ्वीको छायाँको कालो भाग० देख्न नसकिने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । “नदेखिने ग्रहणका विषयमा पात्रो ९पञ्चाङ्ग० मा सूचना दिइँदैन, अल्पग्रास भएर लाग्ने ग्रहण पनि बार्नुपर्दैन अर्थात् सूतक लाग्दैन भन्ने शास्त्रीय वचन छ”, उहाँले भन्नुभयो ।

यो छायाँजनित ग्रहण भएकोले समितिले प्रकाशन अनुमति दिएका पात्रोमा उल्लेख नभएको हुन सक्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । “पौराणिक ज्योतिष शास्त्रमा यस किसिमको ग्रहणको अस्तित्व स्वीकार गरिएको देखिँदैन”, सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले भन्नुभयो ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यस्तो छायाँ दुई प्रकारका हुन्छन् । सघन तथा विरल । सुनेको सूतक र देखेको ग्रहण मात्र लाग्ने शास्त्रीय मान्यता छ । यसैले जेठ १२ गते ग्रहण बार्नु नपर्ने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर ९१२ घण्टा० र चन्द्रग्रहणमा तीन प्रहर ९नौ घण्टा० अघिदेखि सूतक लाग्ने धर्मशास्त्रविद् समेत रहनुभएका समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । सूतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ ।

Related News

सम्बन्धित समाचार

  • टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट प्रालिलाई आन्तरिक राजस्व कार्यालय, पोखरामा सबैभन्दा बढी कर तिरेकोमा सम्मान गरिएको छ ।…
  • लुम्लेमा असिनाले क्षति

    आदर्श समाज सम्वाददाता कार्तिक २१, २०८१
    हेमजा । सोमबार दिउँसो परेको असिनाले अन्नपूर्ण–६, लुम्लेको धानवालीमा क्षति पुर्‍याएको छ । असिनाले त्यस क्षेत्रको पात्लेखेत, सीम, विरौटा, मुडी…
  • भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?

    रासस कार्तिक १७, २०८१
    काठमाडौं । यसपटक तिहारको भाईटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…
  • देशभर चिसो बढ्दै

    रासस असाेज २९, २०८१
    काठमाडौं ।  देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले…
  • हल्का वर्षाको सम्भावना

    रासस असाेज २८, २०८१
    काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…

hero news full width