सुरज आचार्यको कोरोना कहानी : सकारात्मक सोच्नुस्, आत्मबल बढाउनुस्

धनबहादुर गुरुङ
जेठ १०, २०७८
Suraj ac

पोखरा । सञ्चारकर्मी सुरज आचार्यलाई वैशाख १० मा ढाड दुख्न सुरु भयो । सँगै पखाला चल्यो । ज्वरो आउने, घाँटी दुख्ने समस्याले बिस्तारै समायो । त्यतिमात्र नभएर टाउको फुट्ला जसरी दुख्यो । सामान्य रुघाखोकी होला भनी उनी आफ्नो कर्ममा खटिरहे । तर ३ दिनपछि उनले स्वाद र गन्ध नै थाहा पाउन छोडे । मनमा शंका पस्यो–कतै कोरोना त लागेन ? तत्कालै स्वाब दिए । र, सरासर गएर घरमै बसे । भोलिपल्ट वैशाख १३ मा रिपोर्ट आयो, ‘पोजेटिभ’ ।

स्याङ्जा हरिनास गाउँपालिका–१ घर भइ पढाइ सिलसिलामा पोखरा आएका आचार्यले दैनिक गुजाराका लागि रोजगारीमा होमिएका छन् । बचेको समय सञ्चारकर्ममा व्यस्त छन् । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टबारे सञ्चारकर्मी भएको नाताले पनि अलि बढी जानकार थिए । उनलाई लाग्थ्यो, ‘यदि कोरोनाले छोइहाले पनि जितिहाल्छु ।’

आफूमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अब भने पिरोल्न थाल्यो । विभिन्न लक्षण देखा परेपछि पहिले सोचेजस्तो सहज रैनछ भन्ने महसुस भयो । रिपोर्ट आएको केही घन्टा तनावमै बिताए । ‘ला ! अब के हुने हो ? को कसलाई स¥यो होला ? परिवारलाई के भन्ने ? समाजले के भन्ला ?’ जस्ता नानाथरि प्रश्नले पिरोल्न थाल्यो ।
आफू अब सकिने भएँ भन्ने छटपटीले छोडेन । पोखरामा सामान्य रोजगारी गरेर जीवनयापन गरेका उनलाई अस्पताल जाने सोच आएन । होम आइसोलेनमै बस्ने निधो गरे । सँगै दिदी र भाञ्जी पनि भएका कारण खान पकाएर खान कुनै समस्या भएन । दिदी र भान्जीमा पनि कुनै लक्षण देखिएन ।

दिनकै १ लाख खर्च कसरी धान्ने भन्ने भयो । साह्रै भए पनि होम आइसोलेसनमै बसेर कोरोना जित्ने प्रण गरे ।

होम आइसोलेसनमा बस्दा श्वास फेर्नै गाह्रो भएको उनी बताउँछन् । तर अस्पताल गएनन् । ‘किन ?’ आदर्श समाजको जिज्ञासामा उनले भने, ‘दैनिक समाचारमा सुनिने, देखिने र पढिने शीर्षक थियो, ‘एक दिनमै लाख बढी खर्च ।’ दिनकै १ लाख खर्च कसरी धान्ने भन्ने भयो । साह्रै भए पनि होम आइसोलेसनमै बसेर कोरोना जित्ने प्रण गरे । श्वासप्रश्वासमा समस्या हुँदा अनुलोम विलोमलगायत गरे ।

संक्रमण पुष्टिपछि ३/४ दिन अप्ठेरोमा बिताएका आचार्यलाई क्रमिक सुधार हुँदै गयो । त्यसपछि सामाजिक सञ्जाल हेर्ने, रेडियो सुन्ने र टिभी हेर्ने काम बन्द गरे । धेरैको फोन आए पनि सीमितको मात्र उठाउने गरे । त्यति गर्दा पनि केही तनाव घटेको उनले बताए । कोरोना संक्रमण भएपश्चात चिन्ताले बिहान ५ बजे नै उठेर शारीरिक व्यायाम गर्ने सुरु गरेको उनी बताउँछन् । बिहानमा ४ गिलास कागतीपानी पिउन थाले । यसबाट उनलाई उत्साह थपिन्थ्यो । ध्यान गर्ने, भजन सुन्न थाले । केही थान गीत पनि रेकर्ड गराएका आचार्यले दिउँसोतिर गीत लगाएर आफँै नाच्ने र संक्रमित साथीहरुसँगै मोबाइलमार्फत नचाउन थाले । गफिएर बस्न थाले । यसबाट उनमा संक्रमण जित्न सकिन्छ भन्ने प्रेरणा थप्यो ।

अल्लि विसेक हुन थालेपछि वैशाख ३० गते दोस्रो स्वाब दिए । रिजल्ट पोजेटिभ नै देखियो । उनले सोही दिनचर्या दोहो¥याए । औषधीको रुपमा घरेलु औषधीमा जोड दिए । केही मात्रामा हस्पिटलको औषधी पनि सेवन गरे । संयोजवश जेठ ५ मा उनले कोरोना जिते । रिपोर्ट नेगेटिभ आयो । त्यो बेलासम्म उनमा कुनै समस्या थिएन । उनी अहिले फुरुङ्ग छन् । भन्छन्, ‘वनको बाघले खाओस्–नखाओस मनको बाघले खान्छ ।’ यसैले पनि धेरै संक्रमितलाई निको हुन समय लागेको उनी आंकलन गर्छन् ।
कोरोना संक्रमितलाई आत्मबल नघटाउन उनको सुझाव छ । ‘सबैभन्दा ठूलो कुरा आत्मबल नै रहेछ,’ उनी भन्छन्, ‘यो बेला समाज अनि परिवारका सदस्यको साथ आवश्यक छ । सहयोग भए थप आत्मबल बढ्छ ।’

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads