ठाडोभाकाका गायक तुलबहादुरको निधन

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७८
Tul Dura 2

लमजुङ । ठाडोभाकाका गायक तुलबहादुर दुराको निधन भएको छ । उनको ९८ वर्षको उमेरमा आफ्नै निवास सुन्दरबजार नगरपालिका–३, दुराडाँडा, मिलनवस्तीमा निधन भएको हो । भारतीय सेनाबाट हवल्दार पेन्सनमा आएका तुलबहादुर मिठो स्वरका धनी मानिन्थे ।

ठाडोभाकाका पहिलो सर्जक देउबहादुर दुराको जन्मथलो मध्यनेपाल नगरपालिका–१०, बर्धन गाउँमा जन्म भई त्यही हुर्किएका तुलबहादुर पछिल्लो समय छोराबुहारीसँग दुराडाँडाको मिलनवस्तीमा बस्दै आएका थिए । उनका छोरा श्रीमान् दुरा कुन्छास्थित भगवती प्राविका प्रअ छन् ।

ठाडोभाडाका गायक देउबहादुरपछि दोस्रो पुस्ताका गायक भैरव रानाभाटको दौतरीका रुपमा तुलबहादुर परिचित थिए ।

ठाडोभाकाका चर्चित गायिका चीजा दुरा, डुडी गुरुङ, विष्णु दुरा, तुली दुराका साथमा पनि ठाडोभाका गाएका थिए । उनीहरूबीचको गीतमा कहिल्यै हारजीत हुँदैनथ्यो ।
यसैबीच, ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवं ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले प्रेरणादायी अभिभावक गुमाएको स्मरण गरेका छन् ।

ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले दुराको निधनले सिंगो समाज मर्माहत भएको बताए । उनले शोक विज्ञप्तिमार्फत स्वर्गीय दुराको पदचाप समाजमा स्थापित गर्ने दायित्व बढेको उल्लेख गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width