नागरिकता सम्बन्धी अध्यादेश जारी 

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७८
1530708263Bidhya-Bhandari

पाेखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनेछन् ।

नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसदमा विचाराधीन थियो ।

सरकार र जनता समाजवादी पार्टीबीच भएको सहमतिमा अध्यादेशमार्फत नागरिकता सम्बन्धी ऐन संशोधन गर्ने सहमति बनेको थियो । त्यसै अनुसार सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेको थियो ।

जसपा र सरकारबीच संविधान संशोधन गर्ने सहमति समेत भएको छ । त्यसका लागि ५ सदस्यीय संविधान संशोधन अध्ययन कार्य बनाइएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads