पोखरा । पोखरा रोयल बचत तथा सहकारी २० औं वर्षमा प्रवेश गरेको छ । संस्थाले स्थापना दिवसको अवसर पारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिला प्रहरी कार्यालय कास्कीलाई समान २५ सय थान मास्क, ५० लिटर सेनिटाइजर प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले जानकारी दिए ।
स्वास्थ्य सामग्री पोखरा स्वास्थ्य प्रतिष्ठानका निवर्तमान डिन डा. नरेन्द्र विक्रम गुरुङलाई संस्थाका सचिव चन्द्रप्रसाद गुरुङले हस्तान्तरण गरे भने जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी जीवनकुमार श्रेष्ठलाई संस्थाका मुख्य प्रबन्धक मिलन ढकालले हस्तान्तरण गरेका थिए ।
भर्चुअल माध्यममार्फत नै शुभकामना आदान प्रदान गरी वार्षिकोत्सव मनाइएको छ । सो अवसरमा २० वर्षका उत्कृष्ट २० भिडियो सार्वजनिक गरिएको थियो ।
संस्थाका अध्यक्ष तुलसीप्रसाद गुरुङले शुभकामना सन्देशमार्फत स्वास्थ्य मापदण्ड पालना गर्न र सुरक्षित हुन आग्रह गरेका छन् ।
संस्थाका कार्यकारी अधिकृत भीमबहादुर गुरुङले संस्थाको एटिएम र मोबाइल बैंकिङ सधै खुला रहेको जानकारी दिँदै हेलो सदस्य अभियानमार्फत सबै सदस्यको आर्थिक र स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको बताए ।
संस्थाका हाल ७ हजार ३ सय सेयरधनी रहेको र ५० जनालाई प्रत्यक्ष रोजगारी प्राप्त भएको सूचना अधिकारी मिलन ढकालले जानकारी दिए । संस्थामा २० करोड सेयर पुँजी, १२ करोड जगेडा कोष र २ अर्ब बढकिो वासलात रहेको उनको भनाइ छ । ४ वटा जिल्लामा ४ वटा कार्यालयमार्फत सेवा दिएको संस्थाले क्यु आर कोडमार्फत इटेलर सुविधा दिएको छ ।
Related News
सम्बन्धित समाचार
मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप
जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१