पोखरामा चिकित्सकसहित होटल आइसोलेसन

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७८
Hotel Isolation Photo

पोखरा । पोखराको होटल तिरुपतिमा चिकित्सकसहितको आइसोलेसन सुरु हुने भएको छ । गण्डकी हेल्थ केयर सेन्टरले पोखराको पृथ्वी चोकमा रहेको होटल तिरुपतिमा फिजिसियन डाक्टर र नर्सिङ केयरसहितको सुविधाजनक होटल आइसोलेसन सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

आइसोलेसन जेठ १० गतेदेखि सञ्चालनमा आउनेछ । पोखरामै पहिलोपटक २४ सै घन्टा फिजिसियन डाक्टर र नर्सिङ केयरसहित सुरक्षित एवं सुविधाजनक होटल आइसोलेसन सेवा सन्चालनमा ल्याएको छ । होटलका २८ वटा रुम आइसोलेसनका लागि छुट्याइएको छ । एउटा रुममा २ वटा बेड भए पनि एउटा कोठामा १ जनामात्र संक्रमित राख्ने केयर सेन्टरले जनाएको छ ।

नेपाल सरकारबाट स्वीकृत प्राप्त सेन्टरले कोभिडबाट संक्रमित भई आइसोलेसनमा बस्न समस्या भएकाहरुका लागि सस्तोमा सेवा सुविधा दिने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको होटलसँगको सहकार्यमा सुरु गरिएको गण्डकी हेल्थ केयरको सञ्चालक निराजन विक्रम राणाले बताए । ‘न्यून आय भएका कोरोना संक्रमितहरु ठूला अस्पतालको आइसोलेसन बस्दा धेरै रकम खर्च हुन्छ,’ उनले भने, ‘कोरोनाको संक्रमण देखिएरपनि जटिल समस्या बाहेकका संक्रमितलाई टार्गेट गरेका छौं ।’ बिरामी २४ सैं घन्टा चिकित्सकको निगरानीमा हुने कारण पनि जटिल समस्या भए तत्काल अस्पताल रिफर गर्ने राणाले बताए ।

होटल आइसोलेसनमा टेलिफोन, इन्टरनेट, एटेज वासरुम, २४ सै घन्टा फिजिसियन डाक्टरबाट चेकजाँच तथा पराशर्म, आवश्यकता अनुसार सम्पूर्ण किसिमको प्रयोगशाला परीक्षण सेवा, इमर्जेन्सी एम्बुलेन्स सेवासमेत सुविधा दिने होटल तिरुपतिका सञ्चालक प्रल्हादजंग मरासिनी बताँउछन् । निषेधाज्ञाका बीचमा बन्द रहेको होटलमा आइसोलेसन बनाउँदा रकम अभावकै कारण आइसोलेसन जान नसकेको बिरामीलाई राहत मिल्ने भएको कारण आफ्नो होटलमा आइसोलेसन बनाएको उनको भनाइ छ । यसरी होटलमा आइसोलेसन बस्नेका लागि प्याकेजमा १ दिनको ५ हजार शुल्क तोकिएको छ । जसमा बिहानको नास्ता, खाना दिउँसो खाजा बेलुकी खाना २४ सै घन्टा नर्सिङ केयर लाउन्ड्रीसहित एटेच बाथरुमसहितको बेड सेवालगायत सुविधा उपलब्ध गराइन्छ ।

सेन्टरले घरमै होम आइसेलेसनमा बसिरहेका कोरोना संक्रमित बिरामीहरुको लागि होम नर्सिङ केयर, तथा फिजिसियन डाक्टरहरुबाट स्वास्थ उपचार तथा परामर्श सेवा साथै बिरामीको घरमै गएर स्वाब लिएर परीक्षण गर्ने व्यवस्थासमेत दिने राणाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width