किमाथाङ्का । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौजना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौजना गम्भीर बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिनुभयो ।
जङ्गली च्याउ खाँदा बिरामी परेका नौमध्ये आठजनाको अवस्था गम्भीर भएको वडाध्यक्ष कुलुङले बताउनुभयो । जङ्गली च्याउ खाँदा बुद्धबहादुर राई र आमा बुद्धिमाया राईसहित परिवारका नौजना बिरामी परेको वडाध्यक्ष कुलुङले जनाउनुभयो ।
त्यस्तै बिरामी पर्नेमा उहाँका छोरा महेन्द्र, वीरेन्द्र, शहदेव, कान्छी बुहारी, छोरी, नातिनी र नाति रहेका छन् । जङ्गली च्याउ खाएर शुक्रबार रातिदेखि बिरामी परेपछि शनिबार उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको थियो । जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएर सुतेपछि मध्यरातबाट परिवारका सबैलाई बान्ता हुन थालेपछि शुक्रबार याफु आधारभूत स्वास्थ्य सेवा एकाइमा भर्ना गरिएको वडाध्यक्ष कुलुङले बताउनुभयो ।
च्याउ खाने सबै जनाको किड्नी र कलेजोमा बढी समस्या देखिएपछि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख चिकित्सक सुन्दरश्याम जानकारी दिनुभयो । रासस
–––
Related News
सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
भ्रमणको बस दुर्घटना
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१