पाेखरा । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दिउँसो १ बजेसम्म १३ वटा रिट निवेदन पेस भएको छ। सर्वोच्च अदालत रिट महाशाखाका प्रमुख बाबुराम दाहालले अहिलेसम्म १३ वटा रिट निवेदन पेस भएको जानकारी दिए।
‘अहिलेसम्म १३ वटा निवेदन पेस भएको छ। दलहरूको पनि रिट निवेदन आउने भन्ने छ,’ उनले भने, ‘दिउँसो ३ बजेसम्म कतिवटा थपिन्छन्। त्यसपछि रुजु गर्ने काम हुन्छ र दर्ता प्रक्रियामा जान्छ।’
उनले सबै रिटहरू एकै प्रकृतिको रहेकाले कुनै सुरुमै दर्ता गर्ने र कुनै पछि दर्ता गर्ने भन्ने नहुने भन्दै सबै रिट प्रक्रियागत ढंगले आए नआएको हेरेर दर्ता हुने बताए। उनले आज सम्भवतः रिट निवेदन दर्ता हुन सम्भव नरहेको समेत बताए।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते बिहान प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ लाई मध्यावधि निर्वाचन तोकेकी थिइन्।
अहिलेसम्म पेस भएका रिटमा संविधान मिचेर गरिएको प्रतिनिधिसभा विघटन बदर गर्नुपर्ने, अहिलेको प्रधानमन्त्री र मन्त्रिपरिषद्ले कुनै पनि कामकारबाही नगर्नरनगराउन अन्तरिम आदेश दिनुपर्ने र शेरबहादुर देउवालाई अवसर दिनुपर्ने माग गरेका छन्।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१