नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा आज बिहान नेपाली सेनाको जिप दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएका छन् ।
नवलपरासी (पूर्व) को कावासोती न.पा.वडा नं.८ खरकट्टा जंगल स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व (सल्यानबाट काठमाडौँ) तर्फ जादैँ गरेको भे १ ज ३८४ नं.को बलेरो जिप आफैँ अनियन्त्रित भई दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी हुँदा गाडीमा सवार श्री सबुज गण, सल्यानमा कार्यरत नेपाली सेनाका १२ जना मध्ये ६ जना घाइते भएका हुन् ।
घाइतेहरुको नवलपुर अस्पताल, कावासोती उपचार भइरहेको छ । बलेरो गाडी घटनास्थलमा नै रहेको, गाडी चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा धादिङको धुन्चे नगरपालिका –२ बस्ने बर्ष ४० को हवल्दार राजकुमार सापकोटा, काभ्रेका धुलिखेल नगरपालिका –११ बस्ने बर्ष ३१ को प्युठ सन्त तामाङ, तनहुँको व्यास नगरपालिका –१ बस्ने बर्ष २८ को अ.म. मंगल वि.क., काभ्रेको बनेपा नगरपालिका–८ बस्ने बर्ष ३३ को मोची शेखर मगराती, तनहुँको खैरेनीटार ननगरपालिका–६ बस्ने बर्ष ३२ को सुचिकार विकास परियार र नुवाकोटको ताडी गा.पा.–२ बस्ने बर्ष ३२ को वकासी हरिचन्द्र सिटौला घाइते भएका हुन् ।
घाइतेहरु सबै खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
hero news full width
मुख्य समाचार
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१