प्रतिनिधिसभा विघटनप्रति गण्डकीका विपक्षी दलद्वारा भर्त्सना

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७८
parle pix gandaki

पोखरा । असंवैधानिक ढंगबाट राष्ट्रपतीले प्रतिनिधिसभा विघटन गरेको भन्दै गण्डकी प्रदेशका चार राजनीतिक पार्टीले भर्त्सना गरेको छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको भत्र्सना गरेको हो । विज्ञप्तिमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान, जसपा संसदीय दलका नेता हरिशरण आचार्य र जनमोर्चा नेपालकीसचेतक पियारी थापाको हस्ताक्षर छ ।

कोरोना महामारीको समयमा एकताबद्ध रुपमा अगाडि बढाउनु पर्नेमा जनप्रतिनिधि संस्थालाई विघटन गरी प्रधानमन्त्रीबाट अत्यन्त गैरजिम्मेवार कार्य गरेको उनीहरुले आरोप लगाएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय, अन्यौल र अराजकता सिर्जना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमका विरुद्ध एकतावद्ध भएर लाग्ने उनीहरुले जनाएका छन् ।

‘पछिल्लो कदमको राजनीतिक र कानुनीरुपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं, विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधानमा उल्लेख गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र, सामवेशी लोकतन्त्रका लागि सम्पूर्ण राजनीतिक दल र जनतामा अनुरोध समेत गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । पोखरा–३ नदीपुरस्थित अस्थायी प्रहरी पोस्टको जिम्मेवारी महिला प्रहरीलाई दिइएको छ । आइतबार एक समारोहबीच प्रहरी सहायक निरीक्षक दीपा…
  • हिसान गण्डकी फुटसल सुरु

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । हिसान गण्डकी आयोजनामा पोखरामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता…
  • गायिका समीक्षा अधिकारी सम्मानित

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । लोकप्रिय गायिका समीक्षा अधिकारीलाई आफ्नै गाउँमा सम्मान गरिएको छ । नेपाली गीतसंगीत माध्यमबाट राष्ट्रिय–अन्तर्राष्ट्रियजगत्मा अलग पहिचान बनाउन सफल…
  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको…

hero news full width