स्याङ्जामा कांग्रेसले जलायो राष्ट्रपति र प्रधानमन्त्रीका पुतला

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७८
Putlll

स्याङ्जा । प्रधानमन्त्री र राष्ट्रपतिका असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेस स्याङ्जाले शनिबार साँझ स्याङ्जा सदरमुकाममा विरोध ¥यालीसहित पुतला दहन गरेको छ ।
विश्वभर कोरोना संक्रमणले आक्रान्त पारेका बेला मानवीय संवेदनालाई कत्ति पनि ख्यालै नगरी सत्ता स्वार्थमा लिप्त रहेको आरोप छ।
कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) द्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल र नेपाली जनताको भविष्यलाई अन्धकारमा धकेल्दै सिर्जना गरिएको राजनैतिक अन्यौलताले मुलुकलाई द्वन्द्वमा पु¥याएको उल्लेख छ ।

सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक मानमर्यादाको धज्जी उडाएको र गैरजिम्मेवार सरकारको असंबैधानिक कदम र राष्ट्रपतिको अकल्पनीय घोषणाले नेपाली जनताको मन मष्तिस्कमा ठूलो आघात पुगेको विज्ञप्तिमा उल्लखे छ ।

संसद विघटन र मध्यावधि निर्वाचन असंवैधानिक घोषणाको घोरभत्र्सना गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी निरंकुश र प्रगितमनकारी कार्यको विरुद्ध र संविधानको रक्षार्थ सबैजना एक हुनु आग्रह गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • एमाले वडा कमिटी २१ को पदस्थापन

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । नेकपा (एमाले) पोखरा–२१ वडा कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित कमिटीको पदस्थापन समारोह सम्पन्न भएको छ । एमाले केन्द्रीय सदस्य…
  • एकीकृत समाजवादी गण्डकीमा नेपाली

    आदर्श समाज सम्वाददाता माघ २९, २०८१
    पोखरा । नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट कृष्णबहादुर नेपाली अध्यक्षमा निर्वाचित भएका छन् । पोखरामा २ दिनसम्म चलेको…
  • ‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय खडा गरिएपछि त्यसको विरोध भएको छ । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति,…
  • पूर्वराजा ज्ञानेन्द्र पोखरामा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । पोखरा र आसपासका जिल्लामा रहेका शक्तिपीठ भ्रमणका लागि उनी आइतबार समिट…
  • पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । पूर्व राजा ज्ञानेन्द्र शाहको पोखरा सवारी हुने भएको छ । यही २७ माघमा उनी पोखरा आउन लागेका हुन्…

hero news full width