पोखरा । पोखरामा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री र राष्ट्रपतिको संसद विघटन र मध्यावधि चुनावको घोषणा गर्ने कदमलाई प्रतिगमन भन्दै कांग्रेसले विरोध प्रदर्शन गरेको हो । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा पोखराको हल्नचोकमा विरोध प्रदर्शन भएको हो ।
उक्त अवसरमा नेपाली कांग्रेसका जिल्ला सदस्य लक्ष्मण पहारी (लक्की) ले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर प्रतिनिधिसभा विघटन र चुनाव घोषणाको असंवैधानिक र निरंकुश कदम चालेको आरोप लगाए ।
उनले सार्वभौम नेपाली जनताप्रति जवाफदेहीविहीनताको पराकाष्ठाको रुपमा चिनिएको यो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कार्यको कडा प्रतिवाद गर्ने र देशभर आन्दोलनमा होमिने चेतावनी दिए ।
प्रदर्शनमा वडा सभापति बलराम गिरीले कोरोनाभाइरसको विश्वव्यापी महामारीको दोस्रो लहरले पैदा गरेको जनस्वास्थ्य संकट र असह्य पीडासँग जुधिरहेका बेला त्यसबाट आम जनताको प्राण रक्षा गर्नुको सट्टा राजनीतिक संकट उत्पन्न गरेर जनतालाई प्रतिरोधको लागि सडकमा ओर्लिन बाध्य बनाइएको भन्दै कडा संघर्ष गर्ने चेतावनी दिए ।
विरोध प्रदर्शनमा तरुण दलका जिल्ला सदस्य खिमलाल पहारी, तरुण दलका सचिव प्रकाश न्यौपाने, नेविसंघ नेताहरु गोविन्द नेपाली, नवराज सुनार, सुमन नेपाली, सविन लिमिल्सिना, अविनाश नेपाली, र महिला संघका मन्दरा ढकाल, प्रभा सुवेदी लगायत सहभागी रहेको सचिव शिशिर पहारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१