पोखरा । जनमाेर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पार्टीकाे साधारण सदस्यबाटै निलम्बन गरिएकाे छ ।
शनिबारकाे केन्द्रीय समिति बैठकले उनलाई १ वर्षका लागि साधारण सदस्यबाटै निलम्बन गरिएकाे महासचिव मनाेज भट्टले जानकारी दिए ।
उनी केन्द्रीय सदस्यबाट पनि हटाईएका छन् ।
प्रदेशकाे सांसदबाट भने अहिले हटाईएकाे छैन ।पार्टीकाे ह्वीप विपरित काम गरेका उनलाई दलकाे नेताबाट पहिले नै हटाइएकाे थियाे ।
`अहिले सदस्यता निलम्बनकाे निर्णय भयाे । फेरि पार्टी निर्देशन मान्नु भएन भने सांसदबाट पनि हटाईन्छ, भट्टले भने, `सांसदबाट हटाउनु भन्दा सदस्यता निलम्बन गर्नु ठूलाे कारबाही हाे ।´
थप कारबाहिकाे प्रकृया समेत चलिरहेकाे उनले बताए । थापाले बिपक्षी गठबन्धनलाई सघाउने पार्टीकाे ह्वीप नमानि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकाे पक्षमा खुलेर लागेका थिए ।
गण्डकीमा सरकार बनाउन र ढाल्न जनमोर्चाको ३ मत निर्णायक हुन्छ । प्रदेशमा ६० सांसद रहेकामा हालका मुख्यमन्त्रीका पक्षमा २८ मत छ । बहुमतका लागि ३१ मत चाहिन्छ ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१