लमजुङ जिल्लामा पहिलो पल्ट अक्सिजन प्लान्ट

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७८
lamjung oxygen

लमजुङ । लमजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान थालिएको छ ।

जिल्लामै पहिलो पटक जडान गरिएको सो प्लान्टमार्फत आइतबारबाट उत्पादन सुरु हुनेछ ।

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि उपचारमा सहजताका लागि अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्वचालित सो मेसिनमा २४ घन्टामा १५ वटा ठूलो सिलिन्डर भरिने गरी अक्सिजन उत्पादन हुनेछ ।

एक सिलिन्डरमा १ सय ५० केजी अर्थात ६ हजार लिटर हुन्छ । प्रतिसिलिन्डर मूल्य सरकारी दररेट २५ हजार रुपैयाँ रहेको उनले बताए ।

अक्सिजन प्लान्ट जडानका लागि प्रदेश सरकारद्वारा स्वास्थ्य कार्यालय मार्फत अक्सिजन प्लान्ट प्राप्त भएको हो ।

आइसोलेसन वार्ड रहेको नयाँ भवनमा सो जडान गरिएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए । उनका अनुसार अक्सिजन प्लान्ट जडानमा स्वास्थ्य कार्यालयलाई ७० लाख रुपैयाँ विनियोजन भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । पोखरा–३ नदीपुरस्थित अस्थायी प्रहरी पोस्टको जिम्मेवारी महिला प्रहरीलाई दिइएको छ । आइतबार एक समारोहबीच प्रहरी सहायक निरीक्षक दीपा…
  • हिसान गण्डकी फुटसल सुरु

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । हिसान गण्डकी आयोजनामा पोखरामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता…
  • गायिका समीक्षा अधिकारी सम्मानित

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । लोकप्रिय गायिका समीक्षा अधिकारीलाई आफ्नै गाउँमा सम्मान गरिएको छ । नेपाली गीतसंगीत माध्यमबाट राष्ट्रिय–अन्तर्राष्ट्रियजगत्मा अलग पहिचान बनाउन सफल…
  • मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । पोखराको मदरल्याण्ड माविले पिइए इन्जिनियरिङ एण्ड आइटी क्वीज–२०८१ मा क्लीन स्वीप गरेको छ । विद्यालयका चारवटै टिम प्रथम,…
  • जनआदर्श माविको ६५ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । जनआदर्श मावि, फेदिखोला–४, आरुखर्कको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन समारोहका प्रमुख…

hero news full width