पोखरामा नेविसंघको विरोध प्रदर्शन

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७८
nsu protest (2)

पोखरा । संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै पोखरामा नेविसंघले विरोध प्रदर्शन गरेको छ । पोखराको मुख्य बजार न्युरोड क्षेत्रमा शनिबार साँझ राँके जुलुस सहित उनीहरुले संसद विघटनको विरोध गरेका हुन् ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई तितरवितर पारेको थियो ।

नेविसंघका पूर्व केन्द्रीय सदस्य सरोज केसीले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा षड्यन्त्रमूलक तरिकाले देशलाई दुर्घटनातिर लगेको बताए । उनले पोखराबाट सुरु नेविसंघको आन्दोलन देशैभरि गर्ने चेतावनी दिए ।

यस्तै, अर्का पूर्व केन्द्रीय सदस्य भानु ढकाल, नेपाल दलित विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष गोविन्द नेपाली, नेविसंघ कास्कीका निवर्तमान सभापति विकास थापा, कैलास बराल, विष्णु पहारी, विपीन पौडेल लगायतले सम्बोधन गर्दै कोरोना संक्रमण महामारीको भयावहबीच जनताको जीवनरक्षामा ध्यान नदिई संसद विघटन गर्ने कार्यको कडा प्रतिवाद गर्ने चेतावनी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width