पोखरा । मादी गाउँपालिका वडा नं. ४ की ९६ वर्षीया तुलसी सापकोटाले कोरोनालाई परास्त गरेकी छिन् ।
उनमा वैशाख २० गते गरिएको पिसिआर जाँचबाट कोरोना संक्रमण पुष्टि भएको उनका नाति आनन्द सापकोटाले जानकारी दिए । उनीसँगै संक्रमित उनका छोरा, बुहारी, नाति, नातिनी बुहारीका साथै ५ वर्षीय पनातिसमेत कोरानामुक्त भएका छन् ।
तारकाङ स्वास्थ्य इकाइमा सोमबार स्वाब संकलन गरी पोखरा पठाइएकोमा शनिबार पिसिआर रिपोर्ट नेगेटिभ आएको उनका नाति आनन्दले जानकारी दिए । उनका अनुसार वृद्ध हजुरआमामा सुरुका दिनमा चक्कर लाग्ने सामान्य समस्या देखिए पनि पछिल्ला दिनमा उनमा कुनै लक्षण देखिएको थिएन ।
मादी गाउँपालिकामा अहिलेसम्म ६२ जना कोरोना संक्रमित भेटिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोपाल बरालले जानकारी दिए । मादी ४ तारकाङमा पछिल्लो पटक पिसिआर जाँच गरिएका ३४ जनामध्ये ४ जनाको पोजेटिभ र ३० जनाको नेगेटिभ आएको प्रमुख बरालले बताए । उनका अनुसार ४ जना नयाँ संक्रमित हुन् ।
Related News
सम्बन्धित समाचार
लायन्स आदर्श चौतारीको शिविर
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
हिमालयनलाई वडाध्यक्ष कप
अखण्ड कीर्तनको १७ औं वार्षिकोत्सव
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
hero news full width
मुख्य समाचार
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१