गण्डकीमा २ सय ७४ जनाले कोरोना जिते, २१ को मृत्यु

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा शनिबार २ सय ७४ जनाले कोरोना जितेका छन् । शुक्रबार १ हजार ३ सय ९६ जितेकोमा शनिबार ह्वात्तै घटेको हो । शनिबार मात्र केही घटे पनि अघिल्ला दिनहरुमा भने बढ्दो क्रममा नै छ । प्रदेशमा २ हजार ३ सय ६८ जनाले कोरोना जितेका छन् । सबैभन्दा बढी कास्कीमा १२ हजार ४ सय ६५ र कम मनाङमा ३१ जना निको भएका छन् ।

पछिल्लो २४ घन्टामा नेपालभर ८ हजा ८ सय ४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो । यसअघि शुक्रबार ७ हजार ८ सय ९० जना संक्रमणमुक्त भएका थिए ।

प्रदेशमा शनिबार मात्र ५ सय २३ जना संक्रमित भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार १ हजार २ सय ५० जनाको स्वाब परीक्षण गर्दा ४१.८४ प्रतिशतमा कोरोना देखिएको हो ।

सबैभन्दा बढी नवलपुरमा १ सय ३० त्यसपछि म्याग्दीमा १ सय ४ र सबैभन्दा कम पर्वतमा १ जना संक्रमित थपिएका छन् । मनाङ र मुस्ताङमा संक्रमितको संख्या शून्य रहँदा बाग्लुङमा ६ जनामा पोजेटिभ देखिएको हो । सधैं उच्च संक्रमण रहने कास्कीमा भने ५१ जना पाजेटिभ भएका छन् । यसैगरी स्याङ्जामा ८०, तनहुँमा ५६, पर्वतमा ५५ र लमजुङमा ३२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रिय संक्रमित १० हजार ५४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालभर पछिल्लो २४ घन्टामा ८ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै शनिबार कोरोना भाइरस संक्रमणबाट १२९ जनाको मृत्यु भएको छ ।

प्रदेशमा २१ जनाको कारोना संक्रमणबाट मृत्यु

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा शनिबार २१ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ११ जना, स्याङ्जाका ६ मृत्यु भएको हो । यसैगरी म्याग्दी, पर्वत, तनहुँ र रुपन्देहीको १/१ जनाको ज्यान गएको हो । योसँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय १४ पुगेको छ ।

कास्कीको पोखरा महानगरपालिका ९ की ८५ वर्षीया महिलाको चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा ४ की ८३ वर्षीय महिलाको चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा मंगलबार निधन भएको हो । पोखरा १ की ३० वर्षीया महिलाको चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको ज्यान गएको हो । पोखरा १४ की ७० वर्षीया महिलाको मेट्रोसिटी अस्पताल, पोखरामा उपचारको शुक्रबार मृत्यु भएको हो । पोखरा ६ की ६८ वर्षीय महिलाको मेट्रोसिटी अस्पताल, पोखरामा उपचारको क्रममा शुक्रबार नै ज्यान गएको हो । पोखरा १० की ६१ वर्षीय पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको ज्यान गएको हो । पोखरा १७ का ३४ वर्षीय कोरोना संक्रमित पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा मृत्यु भएको छ ।

यसैगरी कास्कीको पोखरा महानगरपालिका कै २ नम्बर वडाका ५४ वर्षीय कोरोना संक्रमित पुरूषको फिस्टेल अस्पताल, पोखरामा उपचारको क्रममा शनिबार ज्यान भएको हो । पोखरा २५ का ४० वर्षीय पुरूषको उपचारको क्रममा शुक्रबार निधन भएको हो । पोखरा ३२ का ६४ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा ३१ का ४१ वर्षीय कोरोना संक्रमित पुरूषको पनि गण्डकी मेडिकल कलेजमै ज्यान गएको हो ।

यसैगरी स्याङ्जा जिल्ला, हरिनास गाउँपालिका १ की ९३ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । स्याङ्जाको पुतलीबजार नगरपालिका १ की ७२ वर्षीया कोरोना संक्रमित महिलाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारकै ज्यान गएको हो । स्याङ्जाको बिरूवा गाउँपालिका ७ की ६० वर्षीया महिलाको पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा मृत्यु भएको हो । स्याङ्जाको वालिङ नगरपालिका ९ का ५६ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा निधन भएको हो । स्याङ्जाको पुतलीबजार नगरपालिका १४ का ५३ वर्षीय कोरोना संक्रमित पुरूषको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको मृत्यु भएको छ । स्याङजा कै हरिनास गाउँपालिका २ का ६७ वर्षीय पुरूषको होम आइसोलसनमा शुक्रबार निधन भएको हो ।

यसैगरि पर्वतको जलजला गाउँपालिका ४ का ३९ वर्षीय कोरोना संक्रमित पुरूषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ । म्याग्दीको बेनी नगरपालिका ८ की ५८ वर्षीया कोरोना संक्रमित महिलाकोे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा निधन भएको हो । तनहुँका घिरिङ गाउँपालिका ३ का ५५ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा शुक्रबार ज्यान गएको हो । रूपान्देहीको बुटवल उपमहानगरपालिका ३ का ४८ वर्षीय पुरूषको फेवासिटी अस्पताल, पोखरामा उपचारको क्रममा शुक्रबार नै मृत्यु भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width