अष्टलक्ष्मीसहित १४ लाई स्पष्टीकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय   

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७८
astalaxmi-shakya

वाग्मती । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभाको संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ ।

राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारप्रति अन्तरघात गरेको, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वासको प्रस्ताव दर्ता गरेको, अलग्गै संसदीय दल गठन गरेको, समानान्तर गतिविधि सञ्चालन गरेकोलगायतका आरोप लगाएर प्रदेशसभा सदस्यलाई संसदीय दलको विधानको दफा २५, उपदफा ३ देहाय (क, ख, ग, घ र ङ) अनुसार अनुशासन उल्लङ्घन गरेको भनी स्पष्टीकरण सोध्ने निर्णय गरिएको नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बोर्ड बैठकले प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मीना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्धर, इन्द्रमाया गुरुङ र पार्वती सिलवाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।   रासस

Related News

सम्बन्धित समाचार

  • नारायणगढ–मुग्लिन सडक भासियो

    आदर्श समाज सम्वाददाता असाेज १२, २०८१
    पोखरा । भीषण वर्षाले पहिरो र सडक भासिँदा नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । उक्त सडकखण्डको नौकिलोमा सडक करिब…
  • पल्सर स्पोर्टस् अवार्ड २८ भदौमा

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०८१
    पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २१ औं संस्करण २८ भदौमा हुने भएको…
  • लोक कल्याण सेवा प्रतिष्ठानको सभा

    आदर्श समाज सम्वाददाता श्रावण २६, २०८१
    चितवन । भरतपुर–१ देवघाटमा रहेको लोक कल्याण सेवा प्रतिष्ठान श्री राम जानकी बालिका आश्रमको १४औं नियमित वार्षिक साधारणसभा सम्पन्न भएको…
  • सिमलताल दुर्घटनाको कारण कमजोर भूगोल

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०८१
    पोखरा । चितवन सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ । गत असार २८ गते…
  • सिमलताल पहिरो: बेपत्तामध्ये नवलपुरमा भेटियो ९ यात्रुको शव

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    नवलपुर । भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान आएको पहिराले बगाएर बेपत्ता २ यात्रु बसका ९ जनाको शव नवलपुरमा भेटिएको छ ।…

hero news full width