पूर्वराजाले भने : देशलाई दुर्घटनातर्फ धकेल्ने अपराधलाई जनताले क्षमा गर्ने छैनन्

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७८
Gyanendra-hmed-

पोखरा । संसद विघटन र त्यसपछि सिर्जित घटनाक्रमलाई पूर्व राजा ज्ञानेन्द्रले अपराधको संज्ञा दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै उनले सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन् भनेका छन् ।

उनले भनेका छन्, ‘यस वैश्विक महामारीको संकटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयिक राजनीति जालझेल सिर्जना गरी, जनताको स्वास्थ्यजस्तो गम्भीर समस्यालाई थाँति राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन् ।’

Related News

सम्बन्धित समाचार

hero news full width