ओलीले डाके स्थायी कमिटी बैठक, होला त माधव नेपालसहितका नेतामाथि कारबाही ?

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७८
pm oli sadak

पोखरा ।  नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आकस्मिक स्थायी कमिटीको बैठक बोलाएका छन्।

दिउँसो  ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको स्थायी कमिटीको बैठक बस्न लागेको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

प्रतिनिधिसभा विघटन पछिको रणनीतिका विषयमा छलफल गर्न आज ओलीले आकस्मिक स्थायी कमिटीको बैठक बोलाएका हुन्। उच्च स्रोतका अनुसार आजको स्थायी कमिटी बैठकबाट उनले एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका माधवकुमार नेपालसहितका नेताहरूलाई कारबाही गर्ने सक्ने देखिएको छ।

बागमती प्रदेशमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्न र हिजो शेरबहादुर देउवाले प्रधानमन्त्री दाबी गर्ने प्रस्तावमा माधव नेपाल पक्षका सांसदहरूले समेत हस्ताक्षर गरेपछि ओली आक्रोशित बनेका छन्।

एक स्थायी कमिटी सदस्यले अब पार्टीले माधव नेपाल लगायत नेताहरूलाई माफी नदिने भन्दै आजको बैठकले नै कारबाही गर्ने बताए।

Related News

सम्बन्धित समाचार

hero news full width