माओवादीका  वर्षमान पुनले भने:  मध्यरातमा डकैती गरियो

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७८
Barsaman-Pun-2

पोखरा ।  माओवादी केन्द्रका नेता वर्षमान पुनले शुक्रबार मध्यराति दुवै नेताको प्रधानमन्त्री बन्ने दाबी खारेज गरेर राष्ट्रपतिबाट डकैती भएको आरोप लगाएका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘मध्यरातमा डकैती गरियो, ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे।

मन्त्रिपरिषद्को सिफारिस लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेकी  थिइन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको केही बेरमै राष्ट्रपति कार्यालयले यस्तो घोषणा गरेको हो ।

मन्त्रिपरिषद्ले सिफारिसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेको जानकारी राष्ट्रपति कार्यालयको वेवसाइटमा एक बजेर ४९ मिनेटमा पोस्ट भएको छ ।

शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा भंग गरी मध्यावधि निर्वाचन मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले शुक्रबार राति सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको जनाए लगत्तै मन्त्रिपरिषद्‌ बैठक बसेको थियो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads