पोखरा । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई मध्यावधि निर्वाचनको रंगीन सपना महँगो पर्ने चेतावनी दिएका छन्।
उनले शुक्रबार मध्यराति ट्विटरमा लेखेका छन्, ‘बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ।’
उनले राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधानको सामूहिक बलात्कारको भएको आरोप लगाएका छन्। उनले भनेका छन्, यसको दुष्परिणाम महँगो पर्नेछ।’
उनले मिडियासँग बाेल्दै कात्तिक र मंसिर चुनावका लागि घोषित मिति नभएको बताए । ‘सर्वोच्चले दबर नगरिदिएको भए वैशाखको मध्यावधि कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा पर्थ्याे ,’ उनले भने, ‘महामारीको तेस्रो लहरको आंकलन सुरु भएको बेला कात्तिक र मंसिर चुनावका लागि घोषित मिति होइन ।’
उनले राष्ट्रपति पदको गरिमालाई बालुवाटारले बालुवामा मिलाएको टिप्पणी गरेका छन् । संविधानको धारा ७६ को उपधारा ५ ले सांसदले गर्ने हस्ताक्षर र प्रस्ताव गर्ने विकल्पबारे बोल्ने भन्दै उनले भने, ‘कारबाही चेतावनीको पत्रलाई आधारमा मानेर राष्ट्रपतिले सांसदको हक छिन्न संविधाने कहाँ दिएको छ ?’
Related News
सम्बन्धित समाचार
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१