पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका दाबी नपुग्ने भनी लिएको निर्णयलाई नेपाली कांग्रेसले संविधानविपरीतको क्रियाकलाप भएको बताएको छ ।
राष्ट्रपति कार्यालयले कसैलाई पनि प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने निर्णय गरेको विज्ञप्ति मध्यरातमा जारी गरेलगत्तै कांग्रेस नेता रमेश लेखकले भने, ‘यो निर्णयले राष्ट्रपति पदको मर्यादा, गरिमालाई समाप्त पारी संविधान च्यात्नुभएको छ ।’
सांसदहरुको हस्ताक्षरसहित दाबी गएपछि हस्ताक्षरको सनाखतसमेत नगरी राष्ट्रपतिबाट षड्यन्त्रमूलक काम भएको कांग्रेसले जनाएको छ । ‘राष्ट्रपतिले दुईवटा दाबी आयो भन्नु नै असंवैधानिक हो’ लेखकले भने, ‘संविधानतः ओलीले प्रधानमन्त्रीका निम्ति दाबी नै गर्न पाउनु हुन्न । यो देशबाट गणतन्त्र गयो भने विद्यादेवी भण्डारीकै कारणले जाने छाँटकाँट देखियो ।’
उनले भने, ‘यो संविधान र लोकतान्त्रिक मान्यताप्रति ठाडै आक्रमण हो । राष्ट्रपति र प्रधानमन्त्रीले पदको चरम दुरुपयोग गरेका छन् । उहाँहरुको हातबाट अब संघीय लोकतन्त्र र संविधानको संरक्षण हुन सक्दैन ।’ बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ‘कुनै परामर्श नगरीकन प्रथम दृष्टिमै जसरी विज्ञप्ति जारी भयो, यो पूर्णतः गैरसंवैधानिक भएको’ बताए ।
‘यो संविधानको मर्म–भावनाविपरित छ’ उनले भने, ‘त्यसमा पनि दल त्याग वा राजनीतिक दलसम्बन्धी व्यवस्था संविधानको ७६ ९५०मा आकर्षित हुँदैन । यो भनेको एउटा व्यक्तिले सरकार बनाउने सबाल हो । सांसदलाई व्यक्तिगत हिसाब उनीहरुको समर्थन जुट्यो भने राष्ट्रपतिले कसले कुन दल त्याग ग¥यो, कसको संसदीय दलले मान्यता दियो या दिएन भनी हेर्ने अधिकार प्राप्त छैन ।’
Related News
सम्बन्धित समाचार
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१