सरकारद्वारा संसद भंग, मध्यावधि चुनाव सिफारिस

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७८
ministry 3

पोखरा, ८ जेठ । सरकारले संसद भंग गर्न र मध्यावधि चुनाव गर्न सिफारिस गरेको छ ।

संविधानको धारा ७६ (५) अनुरुप प्रधानमन्त्री नियुक्तिका लागि परेको दुवै दाबी राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यरातमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।

बैठकले संसद भंग गर्दै कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनावको लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width