पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ), पोखराको अध्यक्षमा युवा उद्यमी सुनिलबहादुर भट्टराई चयन भएका छन् । मञ्चको शुक्रबार १६ औं साधारण सभा तथा ११ औं अधिवेशनले सन् २०२१/०२२ का लागि उनलाई निर्विरोध अध्यक्ष चयन गरेको हो ।
मञ्चको आइपिपीमा पुनीत वैद्य, प्रेसिडेन्ट इलेक्ट सुयास मल्ल, प्रेसिडेन्ट नोमिनी नीरन केसी, प्रोग्राम चेयर इञ्जिनियर विशेष थापा र फाइनान्स चेयर समेज राजभण्डारी छन् ।
सदस्यमा इन्जिनियर सरोज कायस्थ, सिए विवेक श्रेष्ठ, निकेश द्वा, हर्षल बिजुक्छे, दीशान्त शेरचन र सागर भट्टराई छन् ।
नवनिर्वाचित अध्यक्ष भट्टराईले आफ्नो कार्यकालमा सम्पूर्ण युवा उद्यमी समेटेर मञ्चलाई थप क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरे ।
मञ्च अध्यक्ष पुनीत वैद्यको अध्यक्षतामा भर्चुअल रुपमा भएको कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च नेपालका केन्द्रीय अध्यक्ष प्रकाशदेव पालिखेले मञ्चलाई क्रियाशील बनाउन नयाँ कार्यसमितिलाई आग्रह गरे । उनले सधैँ केन्द्रको साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१