पोखरा । पोखराका व्यवसायी रुपनारायण भुजेलको कोरोना संक्रमणका कारण निधन भएको छ ।
उनको मेडिप्लस अस्पताल पाेखरामा शुक्रबार निधन भएको हो । उनी ५८ वर्षका थिए । कोरोना संक्रमणपछि होम आइसोलेसन बस्दै आएका उनी ३ दिनअघि अस्पताल भर्ना भएका थिए ।
पोखरा उद्योग वाणिज्य संघमा बस्तुगततर्फबाट कार्यसमिति सदस्य भुजेल मदिरा व्यवसायी समिति कास्कीका निवर्तमान अध्यक्ष एवं विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वदायी भूमिकामा थिए ।
चितवन स्थायी घर भएका उनले पोखरामा रहेर लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका थिए । उच्च रक्तचाप तथा मधुमेहबाट समेत ग्रसित उनको ३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । भुजेलको श्रीमती र २ छोरा छन् ।
यसैबीच, पोखरा उद्योग वाणिज्य संघले कार्यसमिति सदस्य भुजेलको निधनप्रति दुःख व्यक्त गरेको छ ।
‘भुजेलको असामयिक निधनले हामी स्तब्ध तथा मर्माहत भएका छौं । उहाँको निधनबाट संघले आफ्ना क्रियाशील सदस्य मात्रै गुमाएको छैन, समाजबाट नै एक अग्रणी व्यक्ति खोसेर लगेको छ,’ शोक विज्ञप्तिमा भनिएको छ, ‘दुःखको यो घडीमा संघ उहाँको देहमुक्त आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।’
गत वर्ष पुसमा भएको पोउवा संघको चुनावमा उनी वस्तुतर्फबाट निर्वाचित भएका हुन् । उदयबहादुर केसी र बलराम तिमिल्सिनासँग उनको समान १५ मत परेपछि गोलप्रथामा उनीसहित तिमिल्सिना छानिएका थिए ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१