गण्डकीमा निको हुने बढे

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा १ हजार ३ सय ९६ जनाले कोरोना जितेका छन् । प्रदेशमा शुक्रबार संक्रमितभन्दा निको हुनेको संख्या बढी छ । गण्डकीमा १ हजार ५३ जनामा संक्रमण हुँदा संक्रमितको संख्याभन्दा ३ सय ४३ बढी निको भएका हुन् । यसले गर्दा सरकारले गरेको निषेधाज्ञा प्रभावकारी बन्दै गएको देखिएको छ । कोरोनाबाट ज्यान गुमाउने संख्या पनि दिनानुदिन बढ्दै गएको छ । बिहीबार २२ जनाको कारोनाको कारण ज्यान गुमाए पनि शुक्रबार  १९ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

पछिल्लो १ महिनाअवधिमा अरु दिनको तुलनमा शुक्रबार सबैभन्दा धेरै कोरोनामुक्त भएका हुन् । बिहीबार ४ सय ३३ जना, बुधबार ५ सय ६७ जना निको भएका थिए । योसँगै प्रदेशमा कोरोना जित्नको संख्या २२ हजार ७ सय ९४ पुगेको छ । प्रदेशभरि ३३ हजार १ सय १३ कुल संक्रमित हुँदा ६८.८३ प्रतिशत कोरोनामुक्त भएका हुन् ।

यसैगरी शुक्रबार प्रदेशमा १ हजार ५३ जनामा कोरोना पुष्टि भएको छ । २ हजार ६७ जनाको स्वाब परीक्षण गर्दा ५०.९४ प्रतिशतमा कोरोना देखिएको हो । योसँगै गण्डकी प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ९ हजार ८ सय २६ पुगेको छ । तीमध्ये ९ हजार ६ सय १६ जना होम आइसोलेसनमा छन् ।

कास्की सबैभन्दा बढी ३ सय ८३ र सबैभन्दा कम स्याङ्जामा ३२ जनामा संक्रमण भएको छ । मनाङ र मुस्ताङमा संक्रमित संख्या शून्य हुँदा बागलुङमा २ सय ४ र म्याग्दीमा १ सय ७ रहेको छ । यसैगरी गोखरामा ९८, नवलपुरमा ७४, पर्वतमा ६५, तनहुँमा ५४, लमजुङमा ३६ र स्याङ्जामा ३२ जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकीमा १९ जनाको कारोनाबाट मृत्यु
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट शुक्रबार  १९ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीका ९, पर्वत र तनहुँका ३÷३ साथै स्याङ्जा र नवलपुरमा २/२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो । योसँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ८३ पुगेको हो ।

कास्की पोखरा महानगरपालिका ५ का ९० वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा  निधन भएको हो । पोखरा १६ का ३४ वर्षीय कोरोना संक्रमित पुरूषको पनि होम आइसोलेसनमा मृत्यु भएको हो । पोखरा महानगरपालिका १० का ५९ वर्षीय पुरूषको पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा निधन ज्यान गएको हो । पोखरा ११ का ५८ वर्षीय पुरूषको मेडिप्लस अस्पताल, पोखरामा निधन भएको हो ।

पोखरा महानगरपालिका १३ का ५९ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा निधन भएको छ । पोखरा ३ की ६५ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको ज्यान गएको हो । पोखरा २७ की ४८ वर्षीय महिलाको पनि पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पोखराकै वडा नम्बर १७ की ९६ वर्षीया महिलाको होम आइसोलेसनमा शुक्रबार ज्यान गएको हो ।

यसैगरी पर्वतको मोदी गाउँपालिका ४ की ७० वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको मृत्यु भएको हो । पर्वतकै कुश्मा नगरपालिका १ का ४५ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको शुक्रबार निधन भएको हो । पर्वतको कुश्मा नगरपालिका ६ का ५० वर्षीय पुरूषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।

यस्तै नवलपुरको कावासोती नगरपालिका ८ का ६८ वर्षीय पुुरूषको चितवन मेडिकल कलेज, चितवनमा उपचारको मृत्यु भएको हो । नवलपुरको विनयत्रिवेणी गाउँपालिका ४ का ८४ वर्षीय पुरूषको भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा शुक्रबार निधन भएको हो । तनहुँ व्यास नगरपालिका ८ का ६८ वर्षीय पुरूषको फिस्टेल अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । तनहुँकै व्यास नगरपालिका ६ का ६० वर्षीय कोरोना संक्रमित पुरूषको शुक्रबार मृत्यु भएको हो । तनहुँकै शुक्लागण्डकी नगरपालिका ४ का ६५ वर्षीय पुरूषको पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको हो ।

यसैगरी स्याङ्जाको चापाकोट नगरपालिका ७ की ६५ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ६ का ५२ वर्षीय पुरूषको शुक्रबार उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा लैजाँदै गर्दा ज्यान गएको हो । कास्कीको पोखरा महानगरपालिका ३३ का ८६ वर्षीय पुरूषको संक्रामक तथा सरूवा रोग अस्पताल, पोखरामा उपचारको क्रममा  मृत्यु भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width